काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणअन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सूचना जारी गर्दै काठमाडौंका विभिन्न वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा दैनिक ४ घण्टा बिजुली अवरुद्ध हुने जनाएको हो ।

आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । समय अगाडि नै काम सकिएको अवस्थामा ५ बजेभन्दा अगाडि नै विद्युत् आपूर्ति सुरु गरिने प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज र भोलि काठमाडौंकामा विद्युत् अवरूद्ध हुने (सूचना)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज र भोलि काठमाडौँको मातातीर्थ सवस्टेसनबाट वितरण हुने क्षेत्रमा विद्युत् …

प्रतिकृया दिनुहॊस