Tag Archives: featured

एसबिआई बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको नाफाबाट तथा विगत वर्षका नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद(कर समेत) गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी वार्षिक साधारणसभा पुस ३० गते भद्रकालीको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्दै छ । यस्तो …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले ४२ करोड बोनस शेयर दिने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । साधारण सभाले बैंकको चुक्ता पुँजी ८अर्व ४६ करोड ४३ लाख ८५ हजार २ सय ७६ को ८।१६ प्रतिशतका दरले हुने ६९ करोड ०६ लाख ९३ हजार ८ सया ३८ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा …

पुरा पढ्नुहॊस »

टिच फर नेपाललाई सन्राइज बैंकको सहयोग

काठमाण्डौं । सन्राइज बैंक लिमिटेडले टिच फर नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख आर्थिक सहयोग गरेको छ । शैक्षिक सरकारी मातहतका सार्वजनिक विद्यालयहरुमा ग्रामीण समुदायका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न, सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र शैक्षिक प्रणालीमा परिवर्तन गर्दै सार्वजनिक शिक्षालाई सबल बनाउने टिच फर नेपालको उद्देश्यलाई बैंकले सम्मान गर्दै सहयोग गरेको जनाएको छ । टिच फर नेपालले गुणस्तरिय शिक्षा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको नयाँ शाखा पाँचथरको तुम्वेवा गाँउपालिकामा

काठमाडौं । प्राइम कमर्सियल बैंकले पाँचथरको तुम्वेवा गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७० पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा तुम्वेवा गाँउपालिका अध्यक्ष होमनाथ थापाले शाखा कार्यालय तुम्वेवाको उद्घाटन गरेका हुन् । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकद्वारा कालिकोेटमा राहत वितरण

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका १ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ । बैंकले यही पुष ८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो । उक्त राहत सामाग्रीहरुको …

पुरा पढ्नुहॊस »

साना किसान लघुवित्तले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । कम्पनीको पुस २१ गते बसेको बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट २५ प्रतिशत बोनश शेयर साथै कर प्रयोजनको लागि १.३१७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बोनस शेयर वितरणका लागि प्रस्ताव गरे अनुसार नै राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएको र यही माघ १८ गते आयोजित साधारण सभामा वितरण गरिने कम्पनी …

पुरा पढ्नुहॊस »

एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगञ्जमा दुई आकाशे पुल बन्दै

काठमाडौं । नेपालगञ्जको दुई चोकमा आकाशे पुल निर्माणको प्रक्रिया शुरु गरिएको छ । अति व्यस्त बिपी चोक र धम्बोझी चोकमा आधुनिक प्रविधिको आकाशे पुल निर्माणका लागि विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डिपीआर)बनाउन थालिएको छ । विकास बैंकको आर्थिक सहयोगमा यी दुई चोकमा र दोस्रोचरणमा नेपालगञ्जको गणेशमान चोक, पुष्पलाल चोकमा आकाशे पुल निर्माण गर्ने योजना नगरपालिकाको रहेको नगर प्रमुख डा धवलशम्शेर राणाले बताएका छन् । तीन वर्षको अवधिमा भएको तीव्र सडक विस्तारपछि …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक  र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बि.बि होलिडेज ट्राभल एण्ड टुरको तर्फबाट प्रमुख के.एन लामिछानेले हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बि.बि होलिडेज ट्राभल एण्ड टुर नक्सालवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ्ग प्याकेजको सेवा लिए वापत तोकिएको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् …

पुरा पढ्नुहॊस »

सुर्खेतमा सिटिजन्स बैंकले स्थापना गर्यो प्रदेश नं ६ को प्रादेशिक कार्यालय

सुर्खेत। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ६ को प्रादेशिक कार्यालय  सुर्खेतमा स्थापना गरेको छ । कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटाशाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत)बाट व्यापार विस्तारका गरेका छन् । कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये ५ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव ३० लाख ग्राहकवर्गलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को विराटनगरमा, प्रदेश …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा दैलेखको राकममा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकममा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन  बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा गरे । हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३  वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।

पुरा पढ्नुहॊस »