कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सोमबार अपरान्ह ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएकोलगायत विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले गत पुसमा ६ महिनाभित्र महाधिवेशन गर्ने गरी भ्रातृ संस्थाको म्याद थप गरेको थियो । तर, तोकिएको समयमा भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न सकेका छैनन् ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा भ्रातृ संस्थाको म्याद के गर्ने भन्नेबारे छलफल केन्द्रित हुनेछ । कांग्रेस नेतृसमेत रहेकी श्रीमती आरजु राणा देउवासहित पुगेका देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा लामो छलफल गरेका थिए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस