नाउपामा विवाद : रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाइयो, प्रमुख सचेतकमा रेशमका बुबा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सदस्यले पार्टी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएका छन् । नाउपाका चार सांसदमध्ये तीन जनाले श्रेष्ठलाई हटाएका हुन् ।

उनीहरूले संसदीय दलको नेतामा गंगा चौधरीलाई चयन गरेका छन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी संसदीय दलको नेतामा चयन भएका हुन् । उनी यसअघि नाउपाको प्रमुख सचेतक थिए ।

योसँगै रञ्जित संसदीय दलमा एक्लिएकी छन् । यस्तै, नाउपाका संरक्षकसमेत रहेका रेशमलाल चौधरीका बुबा लालवीर चौधरीले प्रमुख सचेतकको जिम्मेवारी पाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरा महानगरमा अख्तियारको छापा, कागजात नियन्त्रणमा

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले …

प्रतिकृया दिनुहॊस