प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ । सरकारी वकिलको कार्यालयमा हाजिर गराएर उनलाई आजै म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिने छ ।उनलाई प्रहरीले शुक्रबार काठमाडौँको बौद्धबाट पक्राउ गरेको थियो ।

हिजो (शनिबार) बिदा भएकाले थापालाई म्याद थपका लागि आइतबार अदालतमा पेश गर्न लागिएको हो । उनी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनी लामो समयदेखि फरार थिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोग दर्ता गरिएको छ ।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । यी सबै अभियोग जोड्दा २४ वर्ष कैद मागदाबी लिइएको छ । तर उनी काठमाडौंको नक्सालस्थित निलगिरी होटलमा बसेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा सक्रिय रहेको खुलेको अभियोग पत्रमा उल्लेख छ ।

उनले बिचौलियासँगको भेटघाटका लागि सम्पर्कस्थान नै उक्त होटललाई बनाएका थिए । प्रतिक थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने समूहमा आवद्ध भई भुटानी शरणार्थीसँग सम्बन्धित नक्कली प्रतिवेदन, गृह मन्त्रालयका पत्रहरुका आधारमा विश्वास दिलाई करोडौं रकम उठाउन लगाई ठगी गरेको आरोप छ । बादल गृहमन्त्री हुँदा प्रतिक प्रमुख स्वकीय सचिव थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस