Tag Archives: featured

नेपाल इन्फ्राष्ट्रक्चर बैंकलाई वित्तीय कारोबारको अनुमति

काठमाडाैं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानीमा बैंकको स्थापना भएको हो। राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मिति २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार …

पुरा पढ्नुहॊस »

तल्लो अरूण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

काठमाडाैं । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्। ‘तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको छ, हामीले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही …

पुरा पढ्नुहॊस »

एसविआइ बै‌ंकका कार्ड हाेल्डरलाई ह्याम्समा छुट

काठमाडाैं । ह्याम्स अस्पताल र एसबीआइ बैकबीच स्वास्थ्य सेवाका विषयमा संझौता भएको छ । आज एक समारोहकाबीच एसआइबी बैंकमा एकाउन्ट भएका तथा सो बैंकको कार्ड होल्डरहरुलाई स्वास्थ्य सेवामा छुट दिन ह्याम्स अस्पतालले सहमति जनाएको छ । बैंकका कार्ड होल्डरहरु अस्पतालले १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । सहमति पत्रमा बैंकका अध्यक्ष आरएस भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गरेका छन ।

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाबाट सानिमा एक्सप्रेसमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडाैं । सानिमा बैंक र दक्षिण कोरियाको भिपी आईएनसीबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र भिपी आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरे । अब सानिमा बैंकको रेमिटयान्स सेवा कम्पनी ‘सानिमा एक्सप्रेस’ मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालका १० हजार बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । साथै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न …

पुरा पढ्नुहॊस »

आइएमईका सिइओ पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड

काठमाडाैं । यो वर्षको म्यानेजर अफ दि इयर २०१८ अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्राप्त गरेका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन् । वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको एसोसिएसनले जानकारी दिएको छ । यो अवार्डबाट आफूलाई काम गर्ने उत्प्रेरणा थपिएको पोखरेलले बताए । अवार्ड ग्रहणपछि बोल्दै यो सम्मान समग्र युवा व्यवस्थापकका लागि …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल भैरहवावीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजयकुमार पि. एस. र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक …

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्सको नाफा २१ करोडमाथि

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ( Shikhar Insurance Co. Ltd.) ले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात् १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिमा नाफा १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । १ अर्ब ५ करोड ७३ लाख …

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्सको मुनाफा ११ प्रतिशतले वृद्धि

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ( Asian Life Insurance Co.Ltd.) ले आव २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ८९ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलब ८५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नाफा २ करोड ५८ लाख रुपैयाँ कमाएको थियो । १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २६ …

पुरा पढ्नुहॊस »

नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा

काठमाडाैँ । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले रुपन्देही जिल्लाको सैनामैना नगरपालीकाको रामापुर कोलोनीमा शाखा स्थापना गरेको छ । शाखाको उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बैंकले दिने सेवा तथा सुविधाका विषयमा जानकारी दिएको थिए । त्यस्तै सैनामैना नगरपालीका नगर प्रमुख चित्र बहादुर कार्कीले स्थानीय जनताहरुको आवश्यकता र भावनालाई बुझेर काम गर्दै जिवनस्तर उकास्न बैंक सफल रहने विश्वास व्यक्त गर्नुभयो । बैंकले विशेष गरी ग्रामीण क्षेत्रमा छरिएर रहेको अनुत्पादक …

पुरा पढ्नुहॊस »

सिभिल बैंकको नाफा २४ करोडमा सीमित, रिजर्भमा भने उल्लेख्य सुधार

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा करिब २३ करोड ९८ लाख रुपैंया स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब १० प्रतिशत मात्र नाफा वृद्धि गरी उक्त परिमाणमा नाफा कायम गरेको हो । नियामकीय समायोजनमा ११ करोड छुट्याएको बैंकको खुद नाफा भने ३६ करोड २३ लाख कायम भएको छ । यो नाफा अनुसार बैंकको प्रतिशेयर आम्दानी ९.०१ रुपैंया हो । …

पुरा पढ्नुहॊस »