धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न गठित सिफारिस समितिको शुक्रबारको निर्णयबमोजिम धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना नै अन्तरवातामा नै सहभागी नभएपछि यो प्रक्रिया रद्द भएको हो । समितिले शुक्रबार एक सूचना जारी गर्दै जानकारी गराएको छ। राष्ट्रिय योजना आयोगका अध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

सूचना प्रकाशित गरी समितिले हालसम्म सम्पन्न गरेका छनौटसम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको सूचनामा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्याप्टेन विजय लामा फर्किए उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का वरिष्ठ पाइलट विजय लामाको उडानमा लागेको प्रतिबन्ध …

प्रतिकृया दिनुहॊस