माछापुछ्रे बैंकका नव निर्वाचित अध्यक्षद्वारा सपथ ग्रहण

काठमाडौं । माछापुछ्रे  बैंकले बसेको बैंकको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका डा. बिरेन्द्रप्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको उक्त साधारण सभाबाट रोशन के. सी र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८८ वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४२ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस