सिद्धार्थ बैंकले ४२ करोड बोनस शेयर दिने

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने भएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो ।

साधारण सभाले बैंकको चुक्ता पुँजी ८अर्व ४६ करोड ४३ लाख ८५ हजार २ सय ७६ को ८।१६ प्रतिशतका दरले हुने ६९ करोड ०६ लाख ९३ हजार ८ सया ३८ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) र ५ प्रतिशतका दरले हुने ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

यस पश्चात्  बैंकको चुक्ता पुँजी ८.८८ अर्व पुगेको छ । यही २०७५ मंसिर मसान्त सम्ममा बैंकले १०६ अर्व निक्षेप संकलन गरेको छ भने ९४ अर्व कर्जा लगानी गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री