जन्ती बस दुर्घटना हुँदा धनुषामा १५ जना घाइते

काठमाडौं । धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको हो ।

राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् ।

उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब चुनाव एक्लै लडेर गल्ती सच्याउन चाहन्छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताएका छन् । काठमाडौंमा शनिबार माओवादी केन्द्रले गरेको खबरदारी सभामा उनले विगतमा कांग्रेस, एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।

प्रतिकृया दिनुहॊस