oznor

ग्लोबल आइएमई बैंकद्वारा कालिकोेटमा राहत वितरण

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कालिकोेट जिल्लाको पलाँता गाउँपालिका १ खाँडाका अग्निपीडितलाई राहत वितरण गरेको छ ।

बैंकले यही पुष ८ गते रातीे भएको आगलागीबाट पीडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो । आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे हो ।

उक्त राहत सामाग्रीहरुको वितरण श्री गणेश आधारभुत विद्यालयको प्राङ्गणमा गरिएको थियो । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुकम्प लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नयाँ सत्ता समीकरणको प्रभाव शेयर बजारमा : चार अर्ब ५७ करोड ६८ लाखको कारोबार

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले …

प्रतिकृया दिनुहॊस