Tag Archives: featured

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीको रामनगरमा

काठमाडौं ।प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका छन् ।कार्यक्रममा थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराएका छन् ।  आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने छ । साथै, श्रम तथा …

पुरा पढ्नुहॊस »

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर हुने

काठमाडौं । एनएमबी बैंक  र ओम डेभलपमेन्ट बैंक एकआपसमा मर्जर हुने भएका छन् ।  बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा एनएमबिका तर्फबाट संचालक प्रदिपराज पाण्डे र ओमको तर्फबाट योगेन्द्र लाल प्रधानले हस्ताक्षर गरे । मर्जरको लागि स्वाप रेसियो डिडिए रिपोर्ट अनुसार तय गर्ने दुई बैंकबीच सहमति भएको छ । ३ महिना भित्र मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार गर्ने लक्ष्य दुवै बैंकको लक्ष्य रहेको बैंकले …

पुरा पढ्नुहॊस »

कुमारी बैंकद्धारा पाठ्यपुस्तक वितरण

काठमाडौँ । कुमारी बैंकले का.म.न.पा.–१ कमलपोखरीस्थित श्री कमल आधारभूत विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्नवर्गका विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगत वर्षको सहयोगलाई निरन्तरता दिदैं, उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले उक्त पाठ्यपुस्तक वितरण कार्यक्रम सम्पन्न गरेकोे हो । गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान …

पुरा पढ्नुहॊस »

‘मेगा रेमिट’ सेवा अब कुवेतबाट पनि

काठमाडौँ । मेगा बैंकले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी अल मुल्ला एक्सचेन्जबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । अल मुल्ला एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । अल मुल्ला एक्सचेन्जका ८५ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । यसका साथै, अलमुल्लाको मोबाइल एपमार्फत पनि नेपालीहरुले …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकको नयाँ शाखा ढोरफिर्दीमा

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. – ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरेसंगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ । ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

गायक दिपक लिम्बूको ‘आँशु झर्यो’ सार्वजनिक

काठमाडौं । गायक दिपक लिम्बूको आवाजमा रहेको ‘आँशु झर्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ भने सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ।

पुरा पढ्नुहॊस »

प्रभु इन्स्योरेन्स र चरक मेडिकेयर हस्पिटलबीच सम्झौता

काठमाडौं ।  प्रभु इन्स्योरेन्स र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिबीच नगदरहित सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर  गरे । सम्झौता पछि  प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

Samsungको आधिकारिक सेवा केन्द्र कालिका मार्ग,दमौलीमा सुरु

काठमाडौं । नेपाल अधिराज्य भरी १६ वटा Samsungका सेवा केन्द्रहरु भएको IMS  केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन IMS  ग्रुपका Sales Head  राम श्रेष्ठ तथा Service Manger कुनाल गुरुङले गरे । IMS  ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र अल्का अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

काठमाडौँ । एनआईसी एशिया बैंक र अल्का अस्पताल काठमाडौंबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र अल्का अस्पतालको तर्फबाट कार्यकारी निर्देशक विद्याश्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले हस्ताक्षर गरे ।उक्तसम्झौता पछि बैंकका ग्राहकले अल्का अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट पाउने छन् एनआईसी एशिया बैंकका ग्राहकले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको …

पुरा पढ्नुहॊस »