मोटरसाइकल दुर्घटनामा पछाडि सवारको मृत्यु, चालक घाइते

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार केर्खाबाट दमक आँउदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकलले शुक्रवार बेलुका कमल गाउँपालिका– ५ सावित्र चोकमा बाटो काट्दै गरेको कुकुरसँग ठक्कर खाएर दुर्घटना हुँदा दुई जना घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल पछाडि सवार शिवसताक्षी–२ का ४० वर्षीय नवीन आचार्यको शनिवार साढे ४ बजे उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । आचार्यको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । अर्का घाइते सोही ठाउँका मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले-कांग्रेसको नयाँ सरकार बन्ने भएपछि रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौं । सत्ता समीकरण फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । पार्टीका …

प्रतिकृया दिनुहॊस