सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ ।

अध्यक्ष शिव लम्सालद्वारा शुक्रवार विज्ञप्ति जारी गर्दै महासङ्घ नेतृत्वले युनियनसँग गरेको सदस्यता सम्बन्धी प्रतिबद्धता कार्यान्वयन नगरी एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए भाग नलिई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् ।

‘युनियनले उठाएका समस्यालाई बेवास्ता गरेर अघि बढेमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं महासङ्घको नेतृत्व हुनेछ’ विज्ञप्तिमा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस