दक्षिण कोरियाबाट सानिमा एक्सप्रेसमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडाैं । सानिमा बैंक र दक्षिण कोरियाको भिपी आईएनसीबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र भिपी आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरे ।

अब सानिमा बैंकको रेमिटयान्स सेवा कम्पनी ‘सानिमा एक्सप्रेस’ मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालका १० हजार बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । साथै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ ।

सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसले यू.ए.ई, मलेशिया, कतार, यू.के, दक्षिण कोरिया, अष्ट्रेलिया लगायत देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । सानिमा बैंकको हाल ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ एटिएम संचालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after