फाइल फाेटाे

आज यी १९ जिल्लामा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आह्वान

काठमाडौं । आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका कम्तीमा १९ जिल्लामा बाढीको जोखिम देखिएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई महाशाखाले सुझाव दिएको हो ।

महाशाखाले आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश नदीहरुमा बहाव बढ्ने जनाएको छ । केही नदीहरुमा आकस्मिक बाढीको मध्यम जोखिम पनि हुने छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरु तथा बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईको जलसतह उल्लेख्य बढ्दो हुने पूर्वानुमान छ । त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्‍च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले-कांग्रेसको नयाँ सरकार बन्ने भएपछि रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौं । सत्ता समीकरण फेरिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक डाकेको छ । पार्टीका …

प्रतिकृया दिनुहॊस