सुनिल खड्का कमेडी च्याम्पियन सिजन-३ को विजेता

काठमाडौं । कमेडी च्याम्पियन्स-३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । काठमाडौंको मूलपानीस्थित स्टुडियोमा शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् ।

विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् । फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने सेकेन्ड रनरअप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरे ।

चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा कलाकारहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरी प्रवक्ता कार्कीको ‘दशैँ रमाइलो’मा दीपाश्री, प्रियंका र सरोज

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता डिआइजी दानबहादुर कार्कीको दशैँ गीत ‘दशैँ रमाइलो’ सार्वजनिक भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after