भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन बिहान मृत फेला परेका हुन् ।

प्रहरीकाअनुसार उनी क्यासर पीडित थिए । यही असार १० गतेदेखि होटलमा बसेका उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र रहेको बाथरूममा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाई छ ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी गरिएको छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सत्तामा जसरी पनि जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर राष्ट्रिय समझदारी गरिएको …

प्रतिकृया दिनुहॊस