Tag Archives: featured

कामना सेवाको सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रविण बस्नेत नियुक्त गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको  बैठकले बस्नेतलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गरेको हो ।  

पुरा पढ्नुहॊस »

लुम्विनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

काठमाडौं । लुम्विनी विकास बैंकले कास्कीको सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । लुम्बिनी विकास बैंकका सञ्चालक सुशिलराज पराजुलीले सहारा एकेडेमीका अध्यक्ष केशवबहादुर थापालाई २,९४,०००को चेक हस्तान्तरण गरेका थिए । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १७ दोभिल्लामा सहारा क्लबपोखराद्धारा सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न १६ जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीहरुको लागि वर्षसम्मको दैनिक खाजा व्यवस्थाको लागि सहयोग पुर्याएको छ । उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक सुशिलराज …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा रुपन्देहीका सैनामैनामा

काठमाडौं । गण्डकी विकास बैंकको शाखा  रुपन्देहीका सैनामैनामा उद्घाटन भएको छ । गण्डकी विकास बैंकले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५, बुद्धनगरमा रहेको सैनामैना शाखाको औपचारिक उद्घाटन गरेको छ । सो शाखाको औपचारीक उद्घाटन  सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले  गरे । उद्घाटन कार्यक्रममा बोल्दै चित्रबहादुर कार्कीले गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेको छन् ।

पुरा पढ्नुहॊस »

नेपाल इन्फ्राष्ट्रक्चर बैंकलाई वित्तीय कारोबारको अनुमति

काठमाडाैं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकारसहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानीमा बैंकको स्थापना भएको हो। राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रूपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मिति २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार …

पुरा पढ्नुहॊस »

तल्लो अरूण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

काठमाडाैं । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्। ‘तल्लो अरुण भारतीय कम्पनीले अहिले निर्माण गरिरहेको अरुण तेस्रोकै मोडलमा निर्माण गर्न भारतीय पक्षबाट प्रस्ताव गरिएको छ, हामीले अरुण तेस्रोको निर्माण प्रगति हेरेर सोही …

पुरा पढ्नुहॊस »

एसविआइ बै‌ंकका कार्ड हाेल्डरलाई ह्याम्समा छुट

काठमाडाैं । ह्याम्स अस्पताल र एसबीआइ बैकबीच स्वास्थ्य सेवाका विषयमा संझौता भएको छ । आज एक समारोहकाबीच एसआइबी बैंकमा एकाउन्ट भएका तथा सो बैंकको कार्ड होल्डरहरुलाई स्वास्थ्य सेवामा छुट दिन ह्याम्स अस्पतालले सहमति जनाएको छ । बैंकका कार्ड होल्डरहरु अस्पतालले १० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ । सहमति पत्रमा बैंकका अध्यक्ष आरएस भण्डारी र बैंकका तर्फबाट सिइयो शिवकान्त कानुन्जोले हस्ताक्षर गरेका छन ।

पुरा पढ्नुहॊस »

दक्षिण कोरियाबाट सानिमा एक्सप्रेसमार्फत रेमिट्यान्स पठाउन सकिने

काठमाडाैं । सानिमा बैंक र दक्षिण कोरियाको भिपी आईएनसीबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई र भिपी आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरे । अब सानिमा बैंकको रेमिटयान्स सेवा कम्पनी ‘सानिमा एक्सप्रेस’ मार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालका १० हजार बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । साथै दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न …

पुरा पढ्नुहॊस »

आइएमईका सिइओ पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड

काठमाडाैं । यो वर्षको म्यानेजर अफ दि इयर २०१८ अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्राप्त गरेका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन् । वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको एसोसिएसनले जानकारी दिएको छ । यो अवार्डबाट आफूलाई काम गर्ने उत्प्रेरणा थपिएको पोखरेलले बताए । अवार्ड ग्रहणपछि बोल्दै यो सम्मान समग्र युवा व्यवस्थापकका लागि …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पताल भैरहवावीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युर्निभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत अजयकुमार पि. एस. र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डांगीले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ्ग अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक …

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्सको नाफा २१ करोडमाथि

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ( Shikhar Insurance Co. Ltd.) ले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात् १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिमा नाफा १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । १ अर्ब ५ करोड ७३ लाख …

पुरा पढ्नुहॊस »