नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा

काठमाडाैँ । नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकले रुपन्देही जिल्लाको सैनामैना नगरपालीकाको रामापुर कोलोनीमा शाखा स्थापना गरेको छ । शाखाको उदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन प्रसाद खनालले बैंकले दिने सेवा तथा सुविधाका विषयमा जानकारी दिएको थिए ।

त्यस्तै सैनामैना नगरपालीका नगर प्रमुख चित्र बहादुर कार्कीले स्थानीय जनताहरुको आवश्यकता र भावनालाई बुझेर काम गर्दै जिवनस्तर उकास्न बैंक सफल रहने विश्वास व्यक्त गर्नुभयो । बैंकले विशेष गरी ग्रामीण क्षेत्रमा छरिएर रहेको अनुत्पादक पूँजीलाई संकलन गरी कृषि, उर्जा, र साना तथा घरेलु उद्योगका क्षेत्रमा कर्जा प्रवाह गर्ने उद्देश्य राखेको छ ।

बैंकले रुपन्देहीका अन्य क्षेत्रमा पनि शाखा संचालनको क्रममा रहेको जानकारी समेत दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस