आइएमईका सिइओ पोखरेललाई म्यानेजर अफ दि इयर अवार्ड

काठमाडाैं । यो वर्षको म्यानेजर अफ दि इयर २०१८ अवार्ड आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले प्राप्त गरेका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपालले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक पोखरेलले हात पारेका हुन् ।

वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको एसोसिएसनले जानकारी दिएको छ । यो अवार्डबाट आफूलाई काम गर्ने उत्प्रेरणा थपिएको पोखरेलले बताए । अवार्ड ग्रहणपछि बोल्दै यो सम्मान समग्र युवा व्यवस्थापकका लागि पनि उत्प्रेरक भएको उनले बताए ।

यसैगरी आउटस्ट्याण्डिङ म्यानेजर अवार्ड द्वारिकाज होटलकी अध्यक्ष अम्बिका श्रेष्ठले पाएकी छन् । कार्यक्रममा अर्थसचिव डा. राजन खनाल उत्कृष्ट निजामती कर्मचारी विधामा सम्मानित भए। खनालले आउटस्ट्याण्डिङ सिभिल सर्भेन्ट अवार्ड प्राप्त गरे ।  म्यानेजर एक्सिलेन्स इन एजुकेसन विधामा युलेन्स स्कुलका प्रिन्सिपल मेदिनबहादुर लामिछाने सम्मानित भए । प्रधानमन्त्री केपी शर्मा ओलीले चारैजनालाई सम्मान प्रदान गरेका छन् ।

अर्थसचिव खनालले वित्तीय संघीयता कार्यान्वयनको जटिल काम नेपालले ६ महिनामा सम्पन्न गरेको उल्लेख गरे । उनले आफ्नो सेवा कालमा राजस्व क्षेत्रमा सुधारका केही काम गर्ने अवसर आफूले पाएको उल्लेख गरे । यस्तै लामिछानेले सार्वजनिक शिक्षा गुणस्तरीय र सबल नबनेसम्म समृद्धि दूरगामी र फलदायी नहुने उल्लेख गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको …

प्रतिकृया दिनुहॊस