शिखर इन्स्योरेन्सको नाफा २१ करोडमाथि

काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड ( Shikhar Insurance Co. Ltd.) ले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात् १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिमा नाफा १९ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो ।

१ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको शिखरले जगेडाकोषमा ३४ करोड ८७ लाख रुपैयाँ र बीमा कोषमा ९५ करोड ७१ लाख रुपैयाँ राखेको छ ।

शिखर इन्स्योरेन्सले कुल बीमा शुल्क १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । यो गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३ दशमलव ३८ प्रतिशतले बढेको छ । गत वर्ष कुल बीमा शुल्क १ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।

यस आवमा कुल दावी भुक्तानी ४२ दशमलव ५८ प्रतिशतले बढेर ७४ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनी दावी भुक्तानी ५१ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

यस कम्पनीको जारी बीमा लेख संख्या १ लाख ५९ हजार ९०९ वटा रहेको छ भने कुल दाबी भुक्तानी संख्या ३ हजार ७२१ वटा रहेको छ । भुक्तानी हुन बाँकी दाबी ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । भुक्तानी हुन बाँकी दाबी संख्या ४ हजार १७६ वटा रहेको छ ।

शिखर इन्स्योरेन्सको प्रति शेयर आम्दानी वार्षिक ४० दशमलव १ रुपैयाँ, मुल्य आम्दानी अनुपात २३ दशमलव २७ गुणा, प्रति शेयर नेटवर्थ २२८ दशमलव ५१ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य ४२५ दशमलव ३४ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after