एशियन लाईफ इन्स्योरेन्सको मुनाफा ११ प्रतिशतले वृद्धि

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ( Asian Life Insurance Co.Ltd.) ले आव २०७५/७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २ करोड ८९ लाख रुपैयाँ कमाएको छ जुन गत बर्षको सोहिअवधिको तुलनाभन्दा ११ दशमलब ८५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले नाफा २ करोड ५८ लाख रुपैयाँ कमाएको थियो ।

१ अर्ब २५ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ र जीवन बीमाकोषमा १५ अर्ब १३ लाख रुपैयाँ राखेको छ । त्यस्तै कम्पनीको आम्दानी ३३५ प्रतिशतले बढेर १७ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने व्यवस्थापन तथा खर्च ९३५ दशमलव ७१ प्रतिशतले बढेर १४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीको आम्दानी भन्दा २ गुणा खर्च बढी भएको छ । यही अवधिमा कम्पनिले १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने १५ करोड १ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको बीमा शुल्क आर्जन कुल १७ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ र कुल दाबी भुक्तानी रकम ९५ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको २ लाख ५० हजार ३ सय ५४ वटा बीमा लेख कायम रहेको छ । यही अवधिमा कुल ३ हजार ४ सय १ वटा दाबी भुक्तानी गरेको छ ।

एशियन लाईफ इन्स्योरेन्स प्रतिशेयर आम्दानी ४ दशमलब ६९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १ सय ३२ दशमलव ९४ गुणा, प्रति शेयर नेटवर्थ १ सय २० दशमलव ९६ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मूल्य १ हजार ३ सय ४० दशमलव ११ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ …

प्रतिकृया दिनुहॊस