काठमाडौँ, असार ः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी सांसद । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

एसईईको नतिजामा सांसदहरु असन्तुष्ट, लगाए सरकारलाई दोष

काठमाडौं । सांसदहरुले एसईई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तिर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसईई परीक्षाको परिणामप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरुले ५२ प्रतिशतभन्दा बढी विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारण खोजबिन गर्नुपर्ने बताएका छन् । सांसदहरुले धेरै विद्यार्थीहरु अनुत्तिर्ण हुनेको दोष सरकारकै रहेको बताएका छन् । बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल हुनु भनेको राष्ट्र नै असफल हुनु भएको टिप्पणी गरिन् ।

उनले नेपालको शिक्षा प्रणाली र सरकार नै असफल भएको बताए । उनले यसप्रति शिक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरिन् ।नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले विद्यार्थी अनुर्तिण भएका हुन् कि सरकार अनुत्तिर्ण भएको हो भनि प्रश्न गरे । उनले शिक्षामा गुणस्तरियता नभएका कारण यस प्रकारको परिणाम आएको बताए ।

उनले २ लाख ४२ हजारभन्दा बढी विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्ने हैसियत छैन भनेर सरकारले भन्न नमिल्ने बताए । बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले विद्यार्थीहरु अनुत्तिर्ण हुनुको कारणको अध्ययन गर्नुपर्ने धारणा राखिन् । उनले ५० वर्षे पुरानो शिक्षा नीतिको ढर्रा कहिले तोड्ने ? भनि प्रश्न समेत गरिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतीक थापालाई म्याद थपका लागि लगियो सरकारी वकिलको कार्यालय

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको …

प्रतिकृया दिनुहॊस