Tag Archives: featured

गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं । गरिमा विकास बैंक र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकान्स्योरेन्स सेवाप्रदान गर्ने सम्बन्धमा सम्झौता  भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र जनरल इन्स्योरेन्सको तर्फबाट महा प्रबन्धक एस. के. तमोटले सम्झौतापत्रमा हस्ताक्षर गरे ।   सम्झौता अनुसार  ग्राहकहरुले  गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट जनरल इन्स्योरेन्स कम्पनी नेपाललिमिटेडको बीमा पोलिसी खरिद गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

पूर्वाधार विकास बैंकको सिइओमा ज्ञवाली नियुक्त

काठमाडाैं । पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई २ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघि ज्ञवाली ग्लोबल आइएमई बैंक तथा नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । २० अर्ब चुक्ता पुँजी रहने यस बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा दिने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको …

पुरा पढ्नुहॊस »

सिटी एक्स्प्रेसको दोस्रो महिनाका विजेता विनोदले जिते एक लाख

काठमाडाैं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत पर्साका बिनोद अग्रहरी दोस्रो महिनाको एक लाख रुपैयाँ बिजेता घोषित भएका छन् ।मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाउँने अग्रहरि मासिक लक्कीड्र मार्फत बिजेता छानीएका हुन् ।यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले २०० रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जनाले १० हजार र १ जनाले एक लाख जितिसकेको सिटी एक्सप्रेसले जनाएको छ । विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नयाँ शाखा काँकरभिट्टा र गाइघाटमा

काठमाडाैं । सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

एनआइसी एसिया बैंकको डेपुटी सिइओमा सुधिरनाथ पाण्डे

काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालक समिति बैठकले सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । यसअघि उनी सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । २०४६ साल मंसिरमा तत्कालीन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले बैंकको विभिन्न विभागीय प्रमुखका रुपमा रही भूमिका निर्वाह गर्दै आएका हुन् । प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँगै उनले बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको एकै दिन चार नयाँ शाखा संचालनमा

काठमाडौं । ज्योति विकास बैंकले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । सिद्धार्थनगर नगरपालिका ८ भैरहवामा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा  एक कार्यक्रमकाबीच संयुक्त रुपमा उद्घाटन गरे ।त्यसैगरि ओमसतिया गाउँपालिका १ पडसरीमा रहेको नयाँ शाखाको प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले  …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका कार्डबाहकलाई सिद्धिपोलि प्याथल्याबमा बिशेष छुट

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र सिद्धिपोलि प्याथल्याबबीच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका डेबिट,क्रडिट कार्डवाहक ग्राहकले प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउँनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले तथा प्याथल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरे । बैंकका देशभरि ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाई छन ।

पुरा पढ्नुहॊस »