काठमाडौं । लामो समयदेखि अलपत्र कलंकी–नागढुंगा सडक निर्माण रोकिएपछि स्थानीयले सांकेतिक विरोध गरेका छन् । कलंकी–नागढुंगा बाटो निर्माणका लागि दबाव समितिले आइतबार बिहान सडकका खाल्डा पुरेर विरोध प्रदर्शन गरेका हुन् । स्थानीयले ‘हाम्रो सडक हामी बनाउँछौं’ लेखिएका प्लेकार्ड बोकेर केहीबेर नाराबाजी समेत गरेका थिए ।स्थानीयको प्रदर्शनका कारण केहीबेर राजधानी भित्रिने र बाहिरिने सवारी आवागमन अस्तव्यस्त बन्न पुगेको थियो । कलंकी–नागढुंगा सडक निर्माण शुरु भएको लामो समय गुज्रिसके पनि यो अझै …
पुरा पढ्नुहॊस »बझाङमा पहिरोमा परी चारजनाको मृत्यु
बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीन र अन्य एकजना गरी चारजनाको मृत्यु भएको छ। पहिरोमा परेर दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का ४५ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा तथा ६ वर्षीया छोरा कृष्ण थापा र गाँउका २० वर्षीय मंगल थापा रहेका छन् । उजली, महेश्वरी तथा कृष्ण एकै परिवारका हुन्।
पुरा पढ्नुहॊस »दिउँसोमा चलाउन नपाउने नियमविरुद्ध धादिङमा ट्रिपर चालकको प्रदर्शन
काठमाडौं । काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले प्रदर्शन गरेका छन् । काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियमका विरुद्धमा धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै पृथ्वी राजमार्गको सिम्लेमा शुक्रबार प्रदर्शन गरेका हुन् । उनीहरुले धादिङका ८३ वटा ट्रिपर राजमार्ग छेउमा राखेर चालकहरुले प्रदर्शन गरेका हुन् । अन्य सवारी साधनजस्तै प्रक्रिया पुर्याएर दर्ता भएका ट्रिपरलाई रातिमा मात्र चलाउन दिनु न्यायसंगत …
पुरा पढ्नुहॊस »शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा महराद्वारा राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दीपकप्रकाश महराले राजीनामा दिएका छन् । कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले पारिवारिक कारणले राजीनामा दिनुपरेको प्रतिक्रिया दिएका छन् । महराले आफ्नो राजीनामालाई लिएर डा गोविन्द के.सीको अनशनरत आन्दोलनसँग नजोड्न पनि आग्रह गरेका छन् । त्रिविले शिक्षण अस्पतालमा नयाँ निर्देशक चयन गर्नका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश अग्रवालको अध्यक्षतामा समिति समेत बनाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशकको अवधि चार वर्षको हुन्छ । …
पुरा पढ्नुहॊस »ग्याँसको सिलिण्डर विष्फोटहुँदा घरआगलागी
मोरङ । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर विष्फोटहुँदा घर आगलागी भएको छ । सुनिता शर्माको घरमा रिजालको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ग्याँस चुल्होमा खाना पाक्न छोडेर बाहिर गएकाले कुनै मानवीय क्षति हुन नपाएको बताइएको छ ।विराटनगर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयहरुको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट भएको क्षतिको विवरण भने अझै आईसकेको छैन ।
पुरा पढ्नुहॊस »डा गोविन्द केसी र सरकारबीचको वार्ता अनिश्चित
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा गोविन्द केसी पक्ष र नेपाल सरकारबीचको वार्ता अनिश्चित भएको छ ।जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनसम्म अनशन बसेका डा केसीलाई जीवनरक्षा र उपचारका लागि भन्दै सरकारले हेलिकोप्टरबाट काठमाडौँ ल्याइए पनि मागका सम्बन्धमा वार्ताबारे अन्योल देखिएको छ । डा. केसीसँग थप वार्ताबारे छलफल भएपनि अर्को निर्णय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए । यसअघि केसी पक्षले …
पुरा पढ्नुहॊस »जुम्लामा घाइते प्रहरी जवान कमल उपाध्यायलार्इ काठमाडाैं ल्याइयो
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायकाे अवस्था गम्भीर रहेकाे छ । उनलार्इ थप उपचारका लागि अाज काठमाडाैं ल्याई शिक्षण अस्पताल महाराजगञ्जको मनमोहनमा भर्ना गरिएको छ । यसअघि बिहिबार राति उनलाई हेलिकप्टरमार्फत नेपालगन्ज ल्याइएको थियो । १५ अाैं पटक जुम्लामा अनसन बसेका डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लागेकाे थियाे ।
पुरा पढ्नुहॊस »दुर्घटनामा परेका पत्रकार खनालको निधन
झापा । झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक समेत रहेका ७१ वर्षे हुन् ।खनाल नेपाल पत्रकार संघका पूर्व अध्यक्ष पनि हुन् । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति खनालको निधन भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको …
पुरा पढ्नुहॊस »जुम्लामा घाइते प्रहरी जवान कमल उपाध्यायलार्इ अाज काठमाडाैं ल्याइँदै
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायकाे अवस्था गम्भीर रहेकाे छ । उनलार्इ थप उपचारका लागि अाज नेपाल शिक्षण अस्पतालबाट काठमाडाैं ल्याउन लागिएकाे छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लाग्याे ।त्यसपछि प्रतिष्ठानमै चिकित्सकहरुले एक्सरे गरे । उनको दाहिने छाती भित्र गोली भेटिएको थियाे । बिहीबार रातिदेखि आईसीयूमा राखेर …
पुरा पढ्नुहॊस »निद्रामै निल्यो पहिरोले
कुश्मा । गाउँमा खेत रोप्ने चटारो अझै छ । दिनभरी खेत रोपेर फर्किएका थिए जलजला–८, लस्तीस्थित बरनेटाको बमबहादुर परियारको परिवार । साउने संक्रान्तिमा लुतो फालेर ११ बजे सुतेका उनीहरु बिहान मुख समेत देख्न नपाइकन छोरा गुमाउन बाध्य भए । सुत्ने बेलामा सामान्य पानी परेको थियो । वर्षायामको समयमा परेको वर्षालाई सामान्य जस्तै मानेर दिनभरीको कामले थकान भएका उनीहरु मस्त निद्रामा थिए । वर्षा बढ्दै गएपछि घर माथिको ढिस्कोबाट खसेको पहिरोले …
पुरा पढ्नुहॊस »