सिंगटी हाइड्रोको नाफा ११३ प्रतिशत बढ्यो

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको नाफा भन्दा ११३.०४ प्रतिशतको बढी हो ।

गत वर्षको यही समयमा कम्पनीले ५ करोड २८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्री आम्दानीमा सामान्य घटबढ देखिएको छ । अघिल्लो वर्ष २६ करोड ३२ लाख रुपैयाँ रहेको आम्दानी यस त्रैमासमा २६ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

सिंगटीको वित्तीय खर्चमा भने ठूलो कमी आएको छ । अघिल्लो वर्ष १३ करोड ९० लाख रुपैयाँ रहेको खर्च घटेर ७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ, जसले कम्पनीको नाफामा सुधार ल्याउन मद्दत गरेको छ ।

२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिंगटीको सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ संचित छ, भने हालसम्मको एकुमुलेटेड घाटा १८ करोड ७० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०२.२१ रुपैयाँ रहेको छ ।

8_PAGE.indd

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुलमान घिसिङको चेतावनी- १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नेपाल सरकारको निर्णय पालन गर्न कानूनी रुपमा बाध्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले लिएको निर्णयलाई पालना गर्नु प्राधिकरणको जिम्मेवारी भएको स्पष्ट पारे । उनले विशेष जोड दिँदै भने, 'सरकारको निर्णय पालना गर्नैपर्छ ।'

प्रतिकृया दिनुहॊस