ग्याँसको सिलिण्डर विष्फोटहुँदा घरआगलागी

मोरङ । विराटनगर महानगरपालिका वडा नं. ५ मा ग्याँस सिलिण्डर  विष्फोटहुँदा घर आगलागी  भएको  छ । सुनिता शर्माको घरमा रिजालको ग्यास सिलिण्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ग्याँस चुल्होमा खाना पाक्न छोडेर बाहिर गएकाले कुनै मानवीय क्षति हुन नपाएको बताइएको छ ।विराटनगर महानगरपालिकाको दुई वटा दमकल र स्थानीयहरुको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट भएको क्षतिको विवरण भने अझै आईसकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री