काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् । नेपाल वायु सेवा निगमको विमानबाट प्रधानमन्त्री ओली शुक्रबार बिहान ९ बजे त्यसतर्फ प्रस्थान गएका हुन् । ५४ सदस्यीय प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी रहेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने अजरबैजानको बाकुबाट सीधै नयाँदिल्ली जानेछन् । …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीको सुझाव : राष्ट्र हितलाई सम्मान गर
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आफ्नो आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, प्रबुद्ध वर्ग र परराष्ट्रविद्सँग बुधबार छलफल गरेका छन्। छलफलमा ओलीले पुराना सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारेका छन्। छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीहरूले २१ औं शताब्दीअनुसार द्विपक्षीय हित र राष्ट्रिय स्वार्थलाई उच्च सम्मान दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले पुराना सम्झौता कार्यान्वयनमा समस्या देखिएका बेला नयाँ सम्झौता नगर्न सुझाएका छन्। जवाफमा प्रधानमन्त्री ओलीले भारत भ्रमणलाई आफूले सद्भावना भ्रमणका …
पुरा पढ्नुहॊस »चट्याङ लागेर दुईको मृत्यु
खोटाङ । खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । खोटाङको रुपाकोट मझुवागडी नगरपालिका २ बस्ने ६२ वर्षीय सम्मर बहादुर दाहालको चट्याङ लागेर मृत्यु भएको छ । यस्तै गरी,खोटाङकै साकेला गाउँपालिका २ बस्ने ५५ वर्षीया बाल कुमारी खत्रीको पनि चट्याङ लागेर मृत्यु भएको छ । घरमै बसीरहेकी उनलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन् । बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर …
पुरा पढ्नुहॊस »प्रहरीमाथि खुकुरी प्रहार
झापा । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । …
पुरा पढ्नुहॊस »सिन्डिकेटविरुद्ध साझा यातायात
काठमाडौं । अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझाले भने विस्तार गरेको छ । काभ्रेका यात्रुहरुलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म तत्कालका लागि सेवा विस्तार गरिएको साझाले जनाएको छ । चक्रपथ-बनेपारुटमा सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायी आन्दोलनमा छन्।
पुरा पढ्नुहॊस »कर्मचारीको रोकियो ‘स्वैच्छिक अवकाश’
काठमाडौं। सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन सरकारले गत चैत २३ मा मन्त्रालयको वेबसाइटमार्फत अवकाश रोज्ने कर्मचारीको नामावली सार्वजनिक गर्नु पर्ने थियो । तर, मन्त्रालयले अवकाश रोज्ने कर्मचारीको विवरण सार्वजनिक गर्ने प्रक्रिया नै …
पुरा पढ्नुहॊस »मृत अवस्थामा फेला परे उपसचिव
बुटवल । प्रदेश ५ को उद्योग, पर्यटन तथा वन मन्त्रालयमा कार्यरत उपसचिव विष्णुहरि आचार्य झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भैरहवास्थित सरकारी क्वाटरमा झुन्डिएको अवस्थामा आचार्य मृत फेला परेको जानकारी दिए । आचार्य केही समयदेखि डिप्रेसनबाट पीडित थिए । चितवन भरतपुर महानगरपालिका–११ जागृतीचोक स्थायी घर भएका आचार्य केही साताअघि मात्रै भैरहवा आएका थिए । मंगलबार दिउँसो २ बजेतिर ‘बिरामी छु’’ भन्दै मन्त्रालयबाट क्वाटरमा गएका …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा राजेश हमाल पनि
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा कलाकारको पनि प्रतिनिधित्व हुने भएको छ । अहिलेसम्म राजेश हमाल र दिनेश डीसीको नाम तय भइसकेको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले भारतमा बलिउडका चलचित्रकर्मीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । सोही भेटघाटलाई ध्यानमा राखेर चलचित्रकर्मीहरु समावेश गरिएको हो । नायक राजेश हमाल पछिल्लो समय प्रधानमन्त्री ओलीप्रति सद्भाव राख्छन् । सार्वजनिक कार्यक्रममा कमै देखिने गरेका उनी शनिबार प्रधानमन्त्रीले कलाकारहरुका लागि आयोजना गरेको दिवाभोजमा सहभागी …
पुरा पढ्नुहॊस »डुबेर दुई विद्यार्थीको मृत्यु
धादिङ । गर्मी छल्न बूढीगण्डकी नदीमा नुहाउन गएका दुईजना विद्यार्थीको मंगलबार साँझ डुबेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार निवासी १५ वर्षीय कुशल हमाल र १३ वर्षीय कस्मिक हमालको बूढीगण्डकीमा डुबेको अवस्थामा उद्धार गरिएको थियो । उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजादै गर्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ध्रुबराज राउतले बताए। नदीमा डुबेपछि उनीहरुलाई गाउँलेले उद्धार गरेका थिए । उद्धारपछि सल्यानटारमा प्रारम्भिक उपचार भएको थियो। अन्नपूर्ण पोस्ट्
पुरा पढ्नुहॊस »