शेयर बजारमा १३.९५ अंकको वृद्धि

काठमाडौं । शेयर कारोबारमा बजार परिसूचक नेप्से १३.९५ अंकले बढेको छ । बिहिबार नेप्से परिसूचक २७ सय ४८.७८ को बिन्दुमा कायम रहेको छ।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १० अर्ब ३२ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका ३१२ कम्पनी मध्ये १५९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री