समाचार

सुगर मिलमा आगलागी

काठमाडौं ।  बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको छ ।आज  विहान ११ः४५ तिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन  सिमरा ,वीरगञ्ज, कलैया र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।

पुरा पढ्नुहॊस »

श्रावणको पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड

भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए । २०६६ साल भाद्र ६ गते केदारनाथको शिर …

पुरा पढ्नुहॊस »

डा. केसीको अनसन २४ दिनमा,अहिलेसम्मकै लामो

काठमाडौँ । डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको  २४ दिन भएको छ । केसीको आन्दोलन अहिलेसम्मकै लामो  भएकाे छ ।यसअघि ११ औं अनसनका क्रममा डा. केसी २३ दिन लामो अनसन बसेका थिए । उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन् । तर त्यसबेला प्राकृतिक विपद् आएको भन्दै उनले २३ दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । त्यो नै उनको अहिलेसम्मको सबैभन्दा लामो अनसनको रेकर्ड हो । सरकार मागप्रति संवेदनशील …

पुरा पढ्नुहॊस »

अपशब्द प्रयाेग गरेका कानुन मन्त्रीले माफी मागे

काठमाडौँ । बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुलार्इ अपशब्द प्रयाेग गरेका मन्त्रीले विज्ञप्ति निकालेर माफी मागेका छन् । आफूले गरेको विवादास्पद टिप्पणीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अार्इतबार माफी मागेका हुन् । आइतवार एक विज्ञप्ति जारी गर्दै उनले माफी मागेका हुन् । विदेश पढ्न तथा रोजगारीका लागि जाँदा कुनै पनि नेपाली महिला यौनजन्य हिंसामा पर्न नहुने आफ्नो आशय रहेको भन्दै तर अर्को अर्थ लाग्न पुगेको उनले वताएका …

पुरा पढ्नुहॊस »

भिसा लागिसकेका कामदारलाई मलेसिया जान दिइने

काठमाडौं । सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । यो निर्णयसँगै  ४ सयभन्दा बढी  नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । यो निर्णय मन्त्रालयले विज्ञप्ति नै निकालेर आधिकारिक रुपमा सार्वजनिक गरेको छ । मलेसियाली दूतावासबाट राहदानीमा सक्कल भिसा (पासपोर्ट स्ट्याम्पीङ्)भईसकेर अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । तर, त्यो जेठ २ गते अघि भिसा लागेकाहरुको हकमा मात्रै हो । श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि …

पुरा पढ्नुहॊस »

ट्रकले ठक्कर दिँदा मोटरइकलमा सवार दुईको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–२ आँपटारीका ४० वर्षीय माधव कुमाल र सोही स्थानका १९ वर्षीय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा रहेको छ। ठूलो भीरको दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको छ। तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले …

पुरा पढ्नुहॊस »

पत्रकारमाथि प्रहरी हस्तक्षेपको प्रेस युनियनद्वारा भत्सर्ना

काठमाडौं । शनिबार बानेश्वरमा पत्रकारमाथि प्रहरीले गरेको अन्धाधुन्ध प्रहारको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ । समाचार संकलनका लागि गएका पत्रकारमाथि प्रहरीले गरेको दमनप्रति प्रेस युनियनले विज्ञप्ति निकालेर भत्सर्ना गरेको हो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा ‘शान्तिपूर्ण जनप्रदर्शनको समाचार संकलनमा क्रममा सरकारले गरेको निर्मम दमनबाट नेपाल प्रेस युनियनका महासचिव  अजयबाबु शिवाकोटीलगायत सञ्चारकर्मी घाइते भएको र स्वतन्त्र प्रेसमाथि भएको दमनको युनियन कडा भत्र्सना गर्दछ’ भनिएको छ । …

पुरा पढ्नुहॊस »

पूर्वजर्नेल भरतकेशरको निधन

काठमाडौं । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष भरत केसरी सिंहको निधन भएको छ । नेपाली सेनाका पूर्वजर्नेल सिंहको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो ।   युरिनमा समस्या देखिएपछि बयोधा अस्पतालमा भर्ना गरिएका सिंह आइतबार बिहानै हृदयघातका कारण पूर्वजर्नेल सिंहको निधन भएको सिंहका निकटजनले जानकारी दिएका छन् । सिंहको पार्थिव शरीरलाई दिउँसो १२ः३० बजे बनकालीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

पुरा पढ्नुहॊस »

धादिङमा दुई झाँक्रीलाई कुटीकुटी मारे

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–२ लताबमा गाउँलेको कुटपिटबाट शनिबार बिहान दुईजना झाँक्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लताबका ६० वर्षीय साइला तामाङ र नरुङ तामाङ छन् । झाँक्रीको काम गर्दा गाउँवासीलाई धेरै दुःख दिएको आरोपमा गाउँलेले कुटपिट गर्दा उनीहरुको  मृत्यु  भएको हो । गाउँमा घटना भएपछि गाउँलेले नै शव जलाइसकेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा खबर आएपछि शनिबार साँझ घटनास्थलतर्फ प्रहरी टोली  गरेको थियो ।

पुरा पढ्नुहॊस »

डा. केसीको अनसन २३औँ दिन

काठमाडौँ । डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको आइतबार २३ दिन भएको छ । केही दिन अघि सरकारी पक्ष र डा. केसी समर्थक एकै ठाउँमा भेला भएपनि उनीहरुका आआफ्नै अडानका कारण त्यसले औपचारिक रुप लिन सकेन ।सरकारी पक्षले  आज दिनभर माग सम्बोधनबारे सहमति नगरे डा. केसीको आन्दोलन अहिलेसम्मकै लामो हुनेछ । अनशन लम्बिएपछि केसीको स्वास्थ्यमा देखिएको जटिलता थप गम्भीर बन्दै जाने चिकित्सकहरुले बताएका छन् । सरकार उनका मागमा गम्भीर नभएको भन्दै दिनहुँ प्रदर्शन …

पुरा पढ्नुहॊस »