बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा परी एकै परिवारका तीन र अन्य एकजना गरी चारजनाको मृत्यु भएको छ।
पहिरोमा परेर दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का ४५ वर्षीया उजलीदेवि थापा, उनकी बुहारी ३२ वर्षीया महेश्वरी थापा तथा ६ वर्षीया छोरा कृष्ण थापा र गाँउका २० वर्षीय मंगल थापा रहेका छन् ।
उजली, महेश्वरी तथा कृष्ण एकै परिवारका हुन्।
तपाईंको प्रतिकृया




