कुलमान घिसिङको चेतावनी- १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नेपाल सरकारको निर्णय पालन गर्न कानूनी रुपमा बाध्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले लिएको निर्णयलाई पालना गर्नु प्राधिकरणको जिम्मेवारी भएको स्पष्ट पारे ।

उनले विशेष जोड दिँदै भने, ‘सरकारको निर्णय पालना गर्नैपर्छ ।’ यस सन्दर्भमा, विद्युत लाइन काटिएका उद्योगहरूको लागि लाइन पुनःजोड्ने निर्देशन दिइएकोमा पनि उनले सरकारको निर्णय पालनाको आवश्यकता औंल्याए ।

घिसिङका अनुसार सरकारले १५ दिनभित्र बक्यौता उठाउनुपर्ने निर्णय गरेको छ । उनले भने, ‘हामी १५ दिनभित्र बक्यौता उठाउनेछौं । यदि सो अवधिभित्र बक्यौता नउठेमा, हामी पुनः कानूनी प्रक्रियामा अगाडि बढ्नेछौं ।’

उनले थपे, ‘यदि उद्योगहरूले १५ दिनभित्र बक्यौता नतिरेमा, ऊर्जा मन्त्रालय र सरकार आफैंले पनि बक्यौता उठाउने पहल गर्नुपर्नेछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उद्योगहरुलाई विद्युत् प्राधिकरणले भन्यो- मंसिर १२ गतेभित्र बक्यौता बुझाउनू

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको हो ।

प्रतिकृया दिनुहॊस