दुर्घटनामा परेका पत्रकार खनालको निधन

झापा ।  झापाका पुराना पत्रकार एवं साहित्यकार गोपीकृष्ण खनालको दुर्घटनामा परी निधन भएको छ । नयाँ कामना साप्ताहिकका प्रधानसम्पादक समेत रहेका ७१ वर्षे  हुन् ।खनाल नेपाल पत्रकार संघका पूर्व अध्यक्ष पनि   हुन् । बिहीबार दिउँसो ३ः३० बजे सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराति खनालको निधन भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा साइकलमा यात्रारत उनलाई मे१ज ६५८ नंको जीपले पछाडिबाट ठाक्कर दिएको थियो ।ठक्कर दिने जीपका चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक पत्रकारको प्रधानसम्पादक भएर पत्रिका प्रकाशन गरेका थिए । उनका एक श्रीमती र दुई छोरा छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस