जुम्लामा घाइते प्रहरी जवान कमल उपाध्यायलार्इ काठमाडाैं ल्याइयो

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायकाे अवस्था गम्भीर रहेकाे छ ।

उनलार्इ थप उपचारका लागि अाज  काठमाडाैं ल्याई शिक्षण अस्पताल महाराजगञ्जको मनमोहनमा भर्ना गरिएको छ ।  यसअघि बिहिबार राति उनलाई हेलिकप्टरमार्फत नेपालगन्ज ल्याइएको थियो ।

१५ अाैं पटक जुम्लामा अनसन बसेका डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लागेकाे  थियाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री