काठमाडौं । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको २ घण्टापछि नियन्त्रणमा आएको छ ।आज विहान ११ः४५ तिर उद्योगमा आगलागी भएको हो । आगो वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, आयल निगम क्षेत्रीय डिपो अमलेखगञ्जको समेत गरी ७ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।आगलागीबाट के कति क्षतिको भयो विवरण आउन बाकीँ ।
पुरा पढ्नुहॊस »ट्रिपरले अाज फेरी एकजनाको ज्यान लियो
काठमाडौं । बनेपाको चारदोबाटोमा अाज फेरी ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि बनेपा बजार तनाव भएको छ । सर्वसाधारणको ट्रिपरमाथि आगजनी गरेका छन् । काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक ४८ वर्षीय जीतबहादुर तामाङको मृत्यु भएको छ । ट्रिपर तथा चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।
पुरा पढ्नुहॊस »महिलाकाेअपमान गर्ने मन्त्री तामाङ र व्यापारी प्रसाईविरुद्ध कार्यक्रम
काठमाडौं। नेपाली महिलाका बारेमा सार्वजनिक स्थानमा आपत्तिजनक शब्दको प्रयोग गरेका कानुनमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाई विरुद्धको सामाजिक सन्जालमा व्यापक विराेध भएकाे छ । बंगलादेशमा चिकित्सा शिक्षा लिने नेपाली छात्राहरुले सर्टिफिकेट पाउनका लागि कहीं न कहीं आफूलाई बेच्नैपर्छ भनेर मन्त्री तामाङले सार्वजनिकस्थलमा विवादित अभिब्यक्ति दिएका थिए। त्यस्तै प्रसार्इले यस्तै अर्थ लाग्ने अभिव्यक्ति दिएका थिए। सोमबार साँझ ५ बजे पोखराको बिपि चोकमा मन्त्री तामाङ र व्यवसायी प्रसाईको अभिब्यक्तिको बिरुद्धमा कार्यक्रम …
पुरा पढ्नुहॊस »प्रदीप पौडेल भनेःकानूनमन्त्रीले राजीनामा दिनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेका छन्। बंगलादेश पढ्न जाने नेपाली छात्राको अस्मितामा प्रहार हुने गरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै पौडेलले ‘कानून मन्त्रीले माफी मागेर मात्रै हुँदैन, राजीनामा नै दिनुपर्छ’ भने। सरकारले अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ छ। मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता …
पुरा पढ्नुहॊस »सुगर मिलमा आगलागी
काठमाडौं । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्टि्रजमा आगलागी भएको छ ।आज विहान ११ः४५ तिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन सिमरा ,वीरगञ्ज, कलैया र आयल निगमको दमकल उद्योगतर्फ गएको छ ।
पुरा पढ्नुहॊस »श्रावणको पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड
भक्तपुर । श्रावणको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए । २०६६ साल भाद्र ६ गते केदारनाथको शिर …
पुरा पढ्नुहॊस »डा. केसीको अनसन २४ दिनमा,अहिलेसम्मकै लामो
काठमाडौँ । डा. गोविन्द केसी पछिल्लोपटक अनशन बसेको २४ दिन भएको छ । केसीको आन्दोलन अहिलेसम्मकै लामो भएकाे छ ।यसअघि ११ औं अनसनका क्रममा डा. केसी २३ दिन लामो अनसन बसेका थिए । उनले गत वर्ष साउनमा २३ दिन लामो अनसन बसेका हुन् । तर त्यसबेला प्राकृतिक विपद् आएको भन्दै उनले २३ दिनमा आफ्नो अनसन अचानक स्थगित गरेका थिए । त्यो नै उनको अहिलेसम्मको सबैभन्दा लामो अनसनको रेकर्ड हो । सरकार मागप्रति संवेदनशील …
पुरा पढ्नुहॊस »अपशब्द प्रयाेग गरेका कानुन मन्त्रीले माफी मागे
काठमाडौँ । बंगलादेशमा डाक्टर पढ्न गएका नेपाली युवतीहरुलार्इ अपशब्द प्रयाेग गरेका मन्त्रीले विज्ञप्ति निकालेर माफी मागेका छन् । आफूले गरेको विवादास्पद टिप्पणीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले अार्इतबार माफी मागेका हुन् । आइतवार एक विज्ञप्ति जारी गर्दै उनले माफी मागेका हुन् । विदेश पढ्न तथा रोजगारीका लागि जाँदा कुनै पनि नेपाली महिला यौनजन्य हिंसामा पर्न नहुने आफ्नो आशय रहेको भन्दै तर अर्को अर्थ लाग्न पुगेको उनले वताएका …
पुरा पढ्नुहॊस »भिसा लागिसकेका कामदारलाई मलेसिया जान दिइने
काठमाडौं । सरकारले मलेसिया जाने भिसा लगागिसकेका कामदारलाई नरोक्ने भएको छ । यो निर्णयसँगै ४ सयभन्दा बढी नेपाली कामदार मलेसिया जान पाउने भएका छन् । यो निर्णय मन्त्रालयले विज्ञप्ति नै निकालेर आधिकारिक रुपमा सार्वजनिक गरेको छ । मलेसियाली दूतावासबाट राहदानीमा सक्कल भिसा (पासपोर्ट स्ट्याम्पीङ्)भईसकेर अन्तिम श्रम स्वीकृति नपाएका कामदारलाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो । तर, त्यो जेठ २ गते अघि भिसा लागेकाहरुको हकमा मात्रै हो । श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति लिएपछि …
पुरा पढ्नुहॊस »ट्रकले ठक्कर दिँदा मोटरइकलमा सवार दुईको मृत्यु
पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी–२ आँपटारीका ४० वर्षीय माधव कुमाल र सोही स्थानका १९ वर्षीय उमेश कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा रहेको छ। ठूलो भीरको दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको छ। तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले …
पुरा पढ्नुहॊस »