सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका- १३ की कुमारी जानकी बोगटी रहेको नेपाल प्रहरीले साइबर ब्युरोले जनाएको छ ।

सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उजुरीपछि बोगटीको संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट साइबर अपराधमा ५ दिन म्याद गरेर आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वर्णिम वाग्लेसहित रास्वपाका नेताविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान …

प्रतिकृया दिनुहॊस