जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायकाे अवस्था गम्भीर रहेकाे छ । उनलार्इ थप उपचारका लागि अाज नेपाल शिक्षण अस्पतालबाट काठमाडाैं ल्याउन लागिएकाे छ ।
डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लाग्याे ।त्यसपछि प्रतिष्ठानमै चिकित्सकहरुले एक्सरे गरे । उनको दाहिने छाती भित्र गोली भेटिएको थियाे ।
बिहीबार रातिदेखि आईसीयूमा राखेर उपचार गरिरहेकाे हुँदा उपाध्यायको स्वास्थ्यमा केही सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । थप उपचारका लागि हेलिकोप्टरमार्फत अाज काठमाडाैं ल्याउन लागिएकाे हो । बिहीबार उनी गोली लागेर गम्भीर घाइते भएका उपाध्यायको निधन भएकाे यत्र तत्र सर्वत्र हैला फैलिएको थियाे । तर पछि जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरीले हेडक्वार्टर काठमाडाैंले प्रहरी जवानकाे मृत्यु भएकाे खबर झुटाे रहेकाे भन्दै खण्डन गरे ।




