गरिमा बैंक र Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्झौता

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूको छाता संगठन Federation of Electrical Entrepreneurs of Nepal बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बुधवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र Federation of Electrical Entrepreneurs of Nepal को तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात Federation of Electrical Entrepreneurs of Nepal ले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरूलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्ने बैंकले जनाएको छ ।

सो संघमा आबद्ध उद्यमीहरूले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आकर्षक ब्याजदर योजना अन्तर्गत ८।४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा ०।७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा कर्जा प्राप्त गर्नुका साथै प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरू समेत प्राप्त गर्नेछन् ।

सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक …

प्रतिकृया दिनुहॊस