शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा महराद्वारा राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देश प्रा.डा. दीपकप्रकाश महराले राजीनामा दिएका छन् ।

कार्यकारी महानिर्देशकको भूमिकामा रहेका महराले पारिवारिक कारणले राजीनामा दिनुपरेको प्रतिक्रिया दिएका छन् । महराले आफ्नो राजीनामालाई लिएर डा गोविन्द के.सीको अनशनरत  आन्दोलनसँग नजोड्न पनि आग्रह गरेका छन् ।

त्रिविले शिक्षण अस्पतालमा नयाँ निर्देशक चयन गर्नका लागि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन जगदीश अग्रवालको अध्यक्षतामा समिति समेत बनाइसकेको छ।

त्रिवि शिक्षण अस्पतालमा कार्यकारी निर्देशकको अवधि चार वर्षको हुन्छ । उनी सन् २०१४ मा कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री