काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मंसिरमा नेपाल भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री भएपछि मोदीले गर्न लागेको यो पाँचौँ भ्रमण हो । जयनगर–कुर्था–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड नेपाललाई हस्तान्तरण गर्न उनी मंसिर १२ गते नेपाल आउन लागेका हुन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । यो भ्रमणमा उनी काठमाडौं भने आउने छैनन्। मोदी मंसिर १२ मा नेपाल आएर १३ गते पटना फर्किने कार्यक्रम छ। यस अघि …
पुरा पढ्नुहॊस »विना पैसा दैनिक ४० जना बालबालिकालाई पढाउँछिन् सबिता
काठमाडाैं । रौतहटकाे बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्- गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै । बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन्। विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध्छिन् । चार वर्षदेखि उनी यही काम गरिरहेकी छन्। प्लस टु पास गरेकी दासले हिजोआज गाउँका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई निःशुल्क पढाएकी छन्। नर्सरीदेखि कक्षा ५ सम्मका करिब ४० …
पुरा पढ्नुहॊस »नागढुंगामा यात्रुलाई चरम सास्तीः २६ किमी पार गर्न ९ घन्टा !
काठमाडाैं । दसैं मान्न भनेर राजधानीबाट घर हिँडेकी स्याङ्जाका नन्दी थापालाई कलंकीदेखि धादिङको नौबिसे-धार्केसम्म आइपुग्न करिब ९ घन्टा लाग्यो। अरू बेला एक घन्टामा पार गर्न सकिने करिब २६ किलोमिटरको यो सडक खण्ड छिचोल्न अहिले ८ देखि १२ घन्टासम्म लाग्न थालेको छ। यो खबर आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छन्। बिहान साढे पाँच बजे गाडी चढेकी थापा दिउँसो ३ बजे बल्ल धार्के आइपुगिन्। ‘चाडपर्व नजिकियो। आफन्त र साथीभाइसँग खुसी बाँड्न घर …
पुरा पढ्नुहॊस »जहाजमै युवतीको मृत्यु, १३ दिनसम्म गुपचुप
काठमाडाैं । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएको मृतक राईको परिवारले बताएको छ । यती एयरको एटीआर ७२-५०० यात्रा गररहेकै पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा …
पुरा पढ्नुहॊस »अब दिउँसाे पनि मापसे चेक गरिने
काठमाडाैं । ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित तवरले गन्तव्यसम्म पुर्याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताए । “लामो …
पुरा पढ्नुहॊस »काठमाडौंको बबरमहलमा सवारी दुर्घटना, दुई घाइते
काठमाडौं । काठमाडौंको बबरमहलमा सवारी दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइतेलाई अस्पताल लगिएको छ ।
पुरा पढ्नुहॊस »बालिका बलात्कार गर्ने पाँच किशोरलाई १०/१० वर्ष कैद
काठमाडाैं । उदयपुरमा १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच किशोरलाई १० वर्ष कैद सजाय तोकिएको छ । जिल्लाको कटारी नगरपालिका वडा नम्बर ४ की बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत उदयपुरले मंगलबार फैसला सुनाएको हो । दोषी पाँचै जनाको उमेर १५ देखि १८ वर्षमुनि छ । त्यसमध्ये १६ वर्ष नाघेका चार जनालाई जनही १० वर्ष ६ महिना तथा १६ वर्ष नपुगेका एक जनालाई सात वर्ष कैद सजाय तोकिएको छ …
पुरा पढ्नुहॊस »साउदीमा मृत्यु भएका २४ नेपालीका परिवारले राहत रकम पाउने
काठमाडाैं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, …
पुरा पढ्नुहॊस »डीभीको आवेदन आज रातिबाट खुल्दै, यसरी भर्नुहोस्
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेकाे छ । डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको …
पुरा पढ्नुहॊस »पाँच किलो सुनसहित काठमाडौंबाट एक पक्राउ
काठमाडौं । प्रहरीले पाँच किलो अवैध सुनसहित एक जनालालाई पक्राउ गरेको छ । तस्करीका लागि रसुवाबाट सुन राजधानीतर्फ ल्याउँदै गर्दा बुधबार बिहान काठमाडौंको तीनपिप्लेबाट एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् । कम्मरपेटीमा पाँच किलो सुन लुकाएर गाडीमा आउँदै गरेका एक व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको प्रहरीले पक्राउ परेका व्यक्तिबारे जानकारी दिएको छैन । बुधबार १२ बजे पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति सार्वजनिक …
पुरा पढ्नुहॊस »