जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीकै गोली लागेर गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायको निधन भएकाे यत्र तत्र सर्वत्र हैला फैलियाे । तर उनी जीवित छन् । उनकाे अहिले पनि अप्रेशन जारी छ । डा गोविन्द केसीको अनशनलाई साथ दिन प्रतिष्ठानमा जम्मा भएका विद्यार्थीलाई हटाउन भिडमा गएकाबेला प्रहरीकोतर्फबाट हानिएको गोली उनको दाहिने छातीमा लाग्याे । त्यसपछि प्रतिष्ठानमै चिकित्सकहरुले एक्सरे गरे । उनको दाहिने छाती भित्र गोली भेटिएको छ । …
पुरा पढ्नुहॊस »जुम्लामा प्रहरीको अवस्था गम्भीर, स्थिति झनै खराव
जुम्ला । अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ ल्याउनका लागि पुगेको प्रहरी टोली र त्यहाँ रहेका विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् । प्रहरी चलाएको गोली लाग्दा जवान कमल उपाध्यायको अवस्था गम्भीर भएकाे हाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले तनाव छ। केसीलाई प्रतिष्ठानबाट बाहिर ल्याउन स्थानीयले अवरोध पुर्याएका कारण अहिले प्रहरीले माइकिङ गरी उनिहरुलाई हट्न निर्देशन दिएको छ
पुरा पढ्नुहॊस »कांग्रेसको चेतावनीपछि संसद बैठक सर्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अरुद्ध पार्ने चेतावनी दिएलगत्तै प्रतिनिधिसभाको बैठक साउन ११ गतेसम्मका लागि स्थगित भएको छ । कांग्रेसले संसद अवरोध जारी राख्ने चेतावनी दिएका कारण बैठक सरेकाे हाे । सभामुख कृष्णबहादुर महराले बैठक एक हप्तापछि सारेकाे वताइएकाे छ । डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका विषयलाई सममावेश गर्दै विधेयक ल्याउनुपर्ने माग गर्दै कांग्रेसले असार ३१ देखि संसद बैठक अवरुद्ध पार्दै आएको हाे …
पुरा पढ्नुहॊस »प्रहरीद्वारा जुम्लामा अस्पताल परिसरभित्रै अश्रुग्यास प्रहार, स्वास्थ्यकर्मी घाइते
जुम्ला । प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान परिसरभित्रै लाठी तथा अश्रुग्यास प्रहार गरेपछि स्वास्थ्यकर्मी, विद्यार्थी तथा डा केसीका समर्थकहरु घाइते भएका छन् । सहमति बिना नै काठमाडौं ल्याउन गएकाे प्रहरीलाई अस्पतालभित्र प्रवेश गर्नबाट विद्यार्थी, स्वास्थ्यकर्मी तथा स्थानीयले अवरोध गरेकाे थियाे। यसलगत्तै प्रहरीले अन्धाधुन्द लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गरेर भीडलाई तितर वितर पार्दै अस्पतालभित्र प्रवेश गरेको छ ।
पुरा पढ्नुहॊस »समर्थक कुटिएपछि काठमाडौं आउन राजी भए डा. केसी
काठमाडौं । जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन राजी भएका छन् । प्रहरीले उनकासमर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन राजी भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको हेर्न सक्दिँन, म काठमाडौं जान्छु भन्नु भएको छ’ डा. विषद दाहालले जानकारी गराए ।
पुरा पढ्नुहॊस »डा. केसी काठमाडौं आउन मानेनन्
काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीले काठमाडौं आउन मानेनन् । कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि सरकारले अाज बिहानै हेलिकोप्टर पठाएको थियो । यस्ताे थाहा पाएपछि डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको वताएका छन । डा. केसीले आफ्ना सर्मथक तथा पत्रकारहरुसँग ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ, सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’ …
पुरा पढ्नुहॊस »बागलुङ जिप दुर्घटनामा परी पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते
बागलुङ । बागलुङको गलकोट नगरपालिका–११ रिघा भालुपाईले भन्ने स्थानमा बुधबार सॉझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगर पनि रहेका छन् । उनको अवस्था अहिले खतरामुक्त रहेकाे छ । अहिले काठमाडाैकाे मेडिसिटी अस्पताल नख्खुमा उनकाे उपचार भइरहेकाे छ । उनीसँगै घार्इते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन् …
पुरा पढ्नुहॊस »डा केसीलाई बचाउन हेलिकोप्टर पठाइएको हो–शिक्षा मन्त्री
काठमाडौँ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीस दिनदेखि अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै काठमाडौँ ल्याउन सरकारले बिहिबार हेलिकोप्टर पठाएको छ । उनको जीवनरक्षा र स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउनु अत्यावश्यक भएकाले बिहान हेलिकोप्टर पठाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पत्रकारलार्इ जानकारी गराए । मन्त्रालयका सचिव खगराज बरालसहितकाे टोली उनलाई लिन गएको हो । काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने सरकारकाे तयारी छ …
पुरा पढ्नुहॊस »केसी अनसनस्थलमा झडपको स्थिति
जुम्ला । बिहीबार प्रहरीले बल प्रयोग गर्दा अनसनरत गोविन्द केसी अनसन बसिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडपको स्थिति सिर्जना भएको छ। प्रहरीलाई प्रतिष्ठान प्रवेश गर्न दर्जनौँ विद्यार्थीहरूले अवरोध गरेपछि उनीहरूलाई हटाउन प्रहरीले बल प्रयोग गरेको हो। उता विद्यार्थी तथा केसीका समर्थकले केसी अनसन बसिरहेको कक्षको गेटमा बसेर अवरोध गरिरहेका छन्। प्रहरीले विद्यार्थीहरूलाई त्यहाँबाट हटाउन खोज्दा केसीका समर्थकसँग ठेलमठेल भएको थियो। सशस्त्र प्रहरी अवरोधको पहिलो घेरा तोडेर अनसनस्थलको गेटमा पुगेको छ …
पुरा पढ्नुहॊस »फेरी टिपरले काठमाडौंमा मान्छे मार्याे
काठमाडौँ । स्वयम्भूमा बुधबार साँझ टिपरले मोटरसाइकलार्इ ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कंलकीबाट बालाजुतर्फ आइरहेको बा ९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाँदै गर्दा बाटोमा निधन भएको वताएका छन ् । मोटरसाइकल …
पुरा पढ्नुहॊस »