काठमाडाैँ । लहानमा छोराको कुटाईबाट बाबुको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका–१८ मनर्वामा घरायसी विवादमा २५ वर्षीय छोरा सञ्जय सदायको कुटपिटबाट ४५ वर्षीय आफ्नै बाबु उमेश सदायको भएको मृत्यु हो । छोराको कुटपिटबाट गम्भीर घाइते भएका उमेशको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकामा आगामी १३ र १५ विजोर नम्बरका सवारी मात्र चलाउन पाइने
काठमाडौं । आगामी १३ र १५ गते विजोर नम्बरका सवारी मात्र चलाउन पाइने भएको छ भने १४ गते जोर नम्बरमा गुड्नेछ । काठमाडौंमा हुने विमिष्टेक सम्मेलन अवधिभर पाहुनाहरूको आवागमनलाई व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्याकामा सञ्चालन हुने सम्पूर्ण निजी र भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन हुने भएको हो ।
पुरा पढ्नुहॊस »आज जनै पूर्णिमा तथा रक्षा बन्धन : यस्ताे छ यसको महत्व
काठमाडाैँ ।अाज श्रावण शुक्ल पूर्णिमाकाे अवसरमा जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । साथै अाजै रक्षाबन्धन पनि विधिसाथ मनाइँदै छ । हिन्दुहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ जनै धारण गर्ने तथा विधिवत् रक्षाबन्धन र ऋषितर्पणी गरी धुमधामका साथ मनाउने हिन्दु समाजमा चलन छ । अाजकै दिन तराईका अधिकांश जिल्लामा दाजुभाइको नाडीमा ‘राखी’ बाँध्ने परम्परा छ भने ‘क्वाँटी’ खाने चलन पनि छ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा …
पुरा पढ्नुहॊस »रौतहट डुंगा दुर्घटनाः ५ जना वेपत्ता, २१ को उद्धार
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ स्थित लालबकैया नदीमा शनिबार डुंगा दुर्घटना हुँदा डुबेका २१ जनाको प्रहरीले उद्धार गरेको छ । ५ जना भने अझै हराइरहेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले २१ जना भेटिएको र हराइरहेका ५ जनाको खोजी कार्य भइरहेको जनाएको छ । अवस्था अझै अज्ञात रहेकामा ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल छन् । यीमध्ये ओमप्रकाश डुंगाका सहचालक हुन् । औरहियाबाट गौरतर्फ …
पुरा पढ्नुहॊस »पत्रकार गजेन्द्र बुढाथोकीले पूजालाई बार्षिक १० हजार रुपैयाँ सहयोग गर्ने
काठमाडौं । पत्रकार गजेन्द्र बुढाथोकीले पूजालाई बार्षिक १० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् । केहिदिन अघि बेनी नगरपालिका-६ फोओठे घर भएकी जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने पूजा खत्रीले आफ्ना समस्या देखाउँदै आफ्ना स्कुलका प्रधानाध्यापकलाई आफूलाई विद्यालयमा भर्ना भएर पनि नियमित विद्यालय जान नपाएको, कापी कलम किन्ने पैसा नभएको र आफूलाई पढाइदिने कोही पनि नभएको उल्लेख गर्दै भावुक पत्र लेखेकी थिइन्। १२ बर्षीया छात्रा पूजाको उक्त भावुक पत्र सामाजिक संजालमा भाईरल बनेको थियो …
पुरा पढ्नुहॊस »करणी गर्नेलाई सर्वस्वसहित जन्मकैद !
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जघन्य महिला हिंसामा संलग्नलाई सर्वस्वसहित जन्मकैद र मृत्युदण्डको माग गरेका छन् । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत सङ्कल्प प्रस्तावमाथि उनेहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै ‘महिलालाई दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र उपभोग्य साधनका रुपमा मात्रै लिइएका कारण’ हिंसा बढेकाले कानूनी एवं व्यावहारिक रुपमा नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । सङ्कल्प प्रस्ताव प्रस्तुत गर्दै सांसद विन्दा पाण्डेले समृद्धिको …
पुरा पढ्नुहॊस »प्रेस युनियनको अधिवेशन असोज १० गते हुने
काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । शाखा कार्यसमितिको आज बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । त्यस्तै, युनियनले भदौ १५ गतेसम्म नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने र भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णय पनि गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका सचिव महेश्वर गौतमको संयोजकत्वमा अच्युत रेग्मी, अक्कल कुँवर, खगेन्द्र भण्डारी र लक्ष्मी सापकोटा सदस्य रहेको समिति …
पुरा पढ्नुहॊस »सबै मिलि खुला दिशामुक्त अभियानलाई पुर्णरुपमा सफल पारौं, प्रमुख प्रशासकिय अधिकृत भूसालको अनुरोध
वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकालाई पुर्णरुपमा खुलादिशा मुुुुक्त घोषणा गर्ने विषयमा बिहिबार सरोकारवालाहरु बिच छलफल भएको छ । विहिबार विरगञ्ज महानगरपालिकाको सभाकक्षमा आयोजित उक्त छलफल कार्यक्रममा महानगरपालिकाका वाकि रहेका वडाहरुलाई समयमै खुला दिशामुक्त वडा घोषणा गर्दै महानगरपालिकालाइ आश्विन भित्र खुलादिशा मुक्त घोषणा गर्ने निर्णय समेत गरिएको छ । छलफलमा सहभागी रहेका सम्बन्धित वडा अध्यक्षहरुसंग वडामा चर्पि निर्माण नभएका परिवारहरुको आर्थिक अवस्था बारेमा जानकारी लिदै पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले असोज मसांत …
पुरा पढ्नुहॊस »भद्रकालीमा स्कुटर दुर्घटनाहुँदा एकको मृत्यु
काठमाडौं । काठमाडौंको भद्रकालीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाउँपालिका ८ का २६ वर्षीय सञ्जिव लामा छन् । त्यस्तै, स्कुटरमा पछाडि सवार नामथर नखुलेका पुरुष गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । आज बिहान ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।
पुरा पढ्नुहॊस »अवस्था सामान्य बन्दै गएपछि कञ्चनपुरमा कर्फ्यू हट्यो
कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा लगाइएको कर्फ्यू जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हटाएको छ । अवस्था सामान्य बन्दै गएपछि आज बिहान ५ बजेबाट कर्फ्यू हटाइएको हो । बिहीबार दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा दुई प्रहरीसहित आठ जना घाइते भएका थिए । आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार दिउँसोबाट अनिश्चितकालका …
पुरा पढ्नुहॊस »