काठमाडौं । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रे बैंकले शुक्रवार वृक्षरोपण गरेको छ । बैंकले काठमाडौं महाराजगञ्जको सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १ सय बिरुवा वृक्षारोपण गरेको हो । काठमाण्डौं महानगरपालिका वडा नं. ३सँगको सहकार्यमा उक्त वृक्षारोपण गरेको बताइएको छ । उक्त वृक्षारोपण कार्यक्रमामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र काठमाडौं महानगरपालिका– ३ का वडाध्यक्ष दिपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका थिए ।
पुरा पढ्नुहॊस »३ वटा हाइड्रोपावरलाई आईपिओ निष्काशन अनुमति
काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले एक साथ ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति दिएको छ। बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड, र बुद्धभुमि नेपाल हाइड्रोलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । साहस उर्जा ►कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ता बुद्धभूमी नेपाल हाइड्रोपावर ►सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता न्यादी हाइड्रोपावर …
पुरा पढ्नुहॊस »मेगा बैंकद्वारा एकैदिन ६ नयाँ शाखा विस्तार
काठमाडौँ ।मेगा बैंक लिमिटेडले शुक्रबार एकैदिन आफ्ना ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो। प्रदेश नम्बर १ मा सुनसरी जिल्ला,बागमती प्रदेशमा नुवाकोट जिल्ला ,चितवन जिल्लामा दुईवटा ,लुम्बिनी प्रदेशमा बाँके जिल्ला र सुदूरपश्चिम प्रदेशमा कैलाली जिल्ला नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ। यो सँगै …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढयो
काठमाडाैं ।सिटिजन्स बैंक इन्टरनेशनलको ३३.४० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको नाफा बढेर १ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खूद नाफा १ अर्ब १९ करोडमा सीमित थियो । बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ५५.१३ प्रतिशत र कर्जातर्फ ५२.११ प्रतिशतले प्रगति भएको देखिएको छ । …
पुरा पढ्नुहॊस »म्याग्दीमा जिप दुर्घटनाहुदा १ जनाको मृत्यु
म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार छन । ताकमदेखि दरबाङ हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ -धारापानीकाे भिरबाट खसेको थियो ।
पुरा पढ्नुहॊस »डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार
काठमाडौं । डिशहोमले फाइबरनेट जनकपूरमा विस्तार गरेको छ । कम्पनीले उच्च गतिको इन्टरनेट सेवाको मागलाई सम्बोधन गर्दै उपभोक्ताकोे माग अनुसार जनकपुरमा विस्तार गरेको जनाएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यताआकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप जस्ता विभिन्न …
पुरा पढ्नुहॊस »आइएमई पे र ग्रिन वे बीच सम्झौता
काठमाडाैं । आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे) बीच सम्झौता भएको छ। दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानमा सहभागी हुने साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरेबापत रु. ३ प्रदान गरिनेछ र सो रकम भुक्तानी गर्ने पेमेन्ट पाटर्नर आइएमई पे रहेको छ। सेवा सुरुआत गरिएको उपलक्ष्यमा साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे) को अध्यक्ष शैलेन्द्र डंगोलले …
पुरा पढ्नुहॊस »बिहीबार थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण,१६ जनाको मृत्यु
काठमाडाै । बिहीबार नेपालमा थप ३ हजार ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् । आज १४ हजार २४२ नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »बिहिबार बार नेप्से परिसूचक १५.१३ अङ्कले घट्यो
काठमाण्डाै ।बिहिबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १५.१३ अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसारबिहिबार नेप्से १५.१३ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८२ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४० अङ्कले घटेर ५७० दशमलव ९२ मा पुगेर रोकिएको छ । स्टकका अनुसार आज कुल २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ …
पुरा पढ्नुहॊस »प्रिमियर इन्स्योरेन्सको ५ लाख ४२ हजार लाख बढी कित्ता सेयर लिलामीमा
काठमाडाैं ।प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको झन्डै ५ लाख ४२ हजार कित्ता बढी संस्थापक सेयर आज साउन १४ गतेबाट लिलामीमा राखिएको छ। यो लिलामी सेयरमा विद्यमान संस्थापकका साथै जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
पुरा पढ्नुहॊस »