काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि भदौ १६ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको छ।
पुरा पढ्नुहॊस »तेह्रथुम पावर कम्पनीको आईपीओ भोलिदेखि खुल्ने
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ भने …
पुरा पढ्नुहॊस »पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । मंगलबार अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन ९आन्तरिक तर्फमा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धनमा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी.ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको थियो ।
पुरा पढ्नुहॊस »धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला
धनुषामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का ५५ वर्षका रामवृक्ष मण्डल र २१ वर्षकी अमृता मण्डलको शव फेला परेको हो । बुबा र श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले ३० वर्षका भागेश्वरकुमार मण्डललाई पक्राउ गरेको छ । रामवृक्ष र अमृता नदेखिएपछि स्थानीय बासिन्दाले खोजी सुरु गरेको र प्रारम्भिक अनुसन्धानका क्रममा छोरा भागेश्वरले आँपको बगैँचामा गाडेको बताएका थिए ।
पुरा पढ्नुहॊस »कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन
शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितमै लिने तयारी भएकाे शिक्षा मन्त्रालयले बताएको छ ।
पुरा पढ्नुहॊस »खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा १५ सयसम्म क्यासब्याक
काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सयसम्मको क्यासब्याक पाउने भएका छन् । कम्पनीले भदौ ७ गतेदेखि सिमित अवधिका लागि सोे अफर सञ्चालनमा ल्याईएको जनाएको छ । सो अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी …
पुरा पढ्नुहॊस »गाडीको ठक्करबाट १ जनाको मृत्यु,
सुनसरी।सुनसरी ईटहरी उपमहानगरपालिका २० पानीपियाको जंगलम स्थित कोशी राजमार्गमा धरानबाट ईटहरी जादै गरेको प्रदेश १ -०२-००१ ख ८४४५ को सेप्टिट्याङकी जडित गाडीले बिपरति दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल पछाडी सवार रहेका मोरङ बिराटनगर १४ भट्टिमोड का १८ बर्षीय सफल राजबंशीको उपचारको क्रममा दिउसो १ बजे घोपा धरानमा मृत्यु भएको थियो भने चालक भट्टिमोडकै २२ …
पुरा पढ्नुहॊस »आज थप १ हजार ८०१जनामा कोरोना संक्रमण
काठमाडाै । सोमबार नेपालमा थप १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार ८०१जनामा संक्रमण पुष्टि भएको हो । आज थप २४ जनाको मृत्यु भएको छ भने १९२४ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा हालसम्म संक्रमणमुक्त हुने दर ९४:१ प्रतिशत रहेका छ । आज ११ हजार ३२६ नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »किन खाने गाजर ? यस्ता छन् फाइदा
काठमाडौं । जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् : गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ । जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा …
पुरा पढ्नुहॊस »जापानबाट थप ५ लाख अस्ट्राजेनिका खोप आइपुग्यो
काठमाडाैँ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको अस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार आज आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा खोप आइसकेको छ । यसअघि साउन २३ र २४ गते नौ लाख मात्रा र यही भदौ ५ गते …
पुरा पढ्नुहॊस »