रश्मी

बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडाैँ । बैंक अफ काठमाण्डूको १.६ अर्ब रुपैयाँबराबरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा बैंक अफ काठमाण्डूको ‘८.५ प्रतिशत बीओके डिबेन्चर–२०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो। बैंकको १ हजार अंकित दरका कुल १६ लाख इकाइ  नेप्सेमा सूचीकृत भएको हो ।ऋणपत्र लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशका दरले ब्याज पाउने छन्।

पुरा पढ्नुहॊस »

सामसङको नयाँ फोल्डएबल फोन

काठमाडौं । सामसङले  फोल्डएबल फोन ‘जेड फोल्ड–३’ सार्वजनिक गरेको छ। जेड फोल्ड–३’को बाहिरी डिस्प्ले ६.२ इन्चको एमोलेड कभर स्क्रिनका साथ आएको छ। यसलाई फोल्ड गर्दा ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्ले पाउन सकिन्छ। जेड फोल्ड–३’मा सेल्फी क्यामरा डिस्प्ले भित्र राखेको छ। यसमा  क्यामरा एप खोल्दा मात्र सो क्यामरा देख्न सक्छन्। अरुबेला नांगो आँखाले क्यामरा देख्न सक्दैनन्। यो सेल्फी क्यामरा ४ मेगापिक्सलको छ। यसको पछाडीपट्टि तीनवटा क्यामरा छ, जसमा १२ मेगापिक्सलको वाइड, …

पुरा पढ्नुहॊस »

बिहीबार नेप्से परिसूचक १६ दशमलव ४१ अङ्कले बढ्यो

काठमाण्डाै । बिहीबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ४१  अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार नेप्से १६ दशमलव ४१  अङ्कले बढेर ३ हजार १७९   बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२५  कम्पनीका ३ करोड ६६   लाख ८   हजार ४६१  कित्ता शेयर १७   अर्ब ५१   करोड ३२  लाख ७६  हजार ११५   रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

कतै तपाईंकाे मस्तिष्क अस्वस्थ त हुँदै छैन ? यस्ता हुन्छन् लक्षण

काठमाडाैँ । मानिसको जीवनमा कहिलेकाहीँ उत्तारचढाव आइरहन्छ । जसले मानिसलाई अस्थिर बनाउँछ । त्यस बेला आफूलाई सन्तुलन राख्न गाह्रो पर्दछ । मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी एउटा गम्भीर समस्या बनेको छ । दिमागलाई स्वस्थ राख्नका लागि आफ्ना अस्वस्थ व्यवहार हटाउँदै जानुपर्दछ । उनीहरूमा आफ्नो संवेदना, भावना, सोच, विचारलाई नियन्त्रण गर्न सकियो भने जीवनमा सफलता मिल्दै जान्छ । जीवनमा …

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफ इन्स्योरेन्सको बाल बचत बीमा योजना

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सुरुवात गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले बुधबार एक कार्यक्रमकमा उक्त बीमा योजना विक्रि वितरणको लागि सुरुवात गरेका हुन्  । यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिनादेखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगेपछि ३५ वर्ष …

पुरा पढ्नुहॊस »

बोटलर्स नेपालले ७ उत्कृष्ट आईडियालाई सिडमनी प्रदान गर्ने

बोटलर्स नेपाल (तराई) लिमिटेड र नेपाल युवा परिषदको संयुक्त पहल सात उत्कउष्ट आईडियालाई सिडमनी प्रदान गरिने भएको छ । नेपाल युवा परिषदका केन्द्रिय अध्यक्ष सरोज बानियाँका अनुसार हरेक प्रदेशको एक उत्कृष्ट आईडियालाई ५० हजार रुपैयाँ नगद प्रदान गरिने भएको हो । बोटलर्स नेपालले  विगतका बर्षहरुमा पनि गर्दै आईरहेको छ र युवा सशक्तिकरण र वातावरण संरक्षणमा सक्रिय बोटलर्स ले आगामी दिनहरुमा थप रचनात्मक कार्यहरु गर्ने पनि बानियाँले बताए। सन् २०१८ मा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ।

पुरा पढ्नुहॊस »

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प

उदयपुर ।  उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९:४५ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

पुरा पढ्नुहॊस »

आइएमई लाइफले गर्याे २५ लाखकाे घातक रोग दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले २५ लाख रुपैयाँकाे घातक रोग दाबी भुक्तानी गरेकाे छ । कम्पनीकाे प्रदेश नं. ३, हेटौडा शाखा कार्यालयले आइएमई धन सरिता ( वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोग को रक्षावरण समेत हुने गरी बीमित हिमाल पौडेललाई रकम भुक्तानी गरकाे हाे । बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।

पुरा पढ्नुहॊस »

थप ३ हजार ४८१ जनामा काेराेना संक्रमण

काठमाडाै ।बुधबार  नेपालमा थप  ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  ३ हजार  ४८१ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३० जनाको मृत्यु भएको छ भने  १८८५ जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:०१ प्रतिशत रहेका छ । आज १६ हजार ६५६ नमुना  परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »