रश्मी

बिस्तारै घट्दै संक्रमण २४ घण्टामा ६ हजार ८५ संक्रमित

काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ७ हजार ४५४ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ६ हजार ६९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पुरा पढ्नुहॊस »

शिखर इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडाैं । शिखर इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हाे । हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंककाे खाता कनेक्ट आइपिएसमा अनलाइन भेरीफाई गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपिएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्नेछन् । याे सेवाकाे सुरुवातसँग अब खाता भेरिफाई गर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन र अनलाइबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सकिनेछ । अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन २ लाख तथा प्रति महिना १० लाख सम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आइपिएसमा रहेको पूर्ण कारोबार सीमाको …

पुरा पढ्नुहॊस »

अशोक लेलैण्डका ९ थान बारुणयन्त्र (दमकल) प्रदेश नं. २ आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालय लाई नौ थान दमकल हस्तान्तरण गरेको छ । प्रदेश नं.२ को मागअनुसार नेशनल फायर सेफ र आईएमई मोटर्सको संयुक्त कार्यमा मन्त्रालय लाई हस्तान्तरण गरिएको बताएको छ । मन्त्रालय का पदाधिकारीहरुको उपस्थितीमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राना थापा साथै नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले ९ थान दमकल हस्तान्तरण …

पुरा पढ्नुहॊस »

सीजीले सुरु गर्‍यो इन्टरनेट सेवा, ९९९ रुपैयाँमै १२० एमबीपीएस

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । सेवा सुरुको अवसरमा कम्पनीले १२० एमबीपिएसको इन्टरनेट कनेक्सनको मासिक शुल्क ९९९ रुपैयाँ निर्धारण गरेको छ। सिजीनेटले विभिन्न प्याकेज सुविधा दिएको छ। ३, ६ र १२ महिनाका लागि प्याकेज सार्वजनिक गरेको छ। सुरुमा जडान गर्दा पनि कम्पनीले जडान शुल्क तथा तारलाई निशुल्क गरिएको जानकारी दिएको छ। सिजीनेटको सेवा अहिले काठमाडौं उपत्यका भित्रका सिमित ठाउँहरु ( कुमारीपाटी,जावलाखेल र इमाडोल)मा …

पुरा पढ्नुहॊस »

कलाकार मदनकृष्णको स्वर रहेको देशभक्ति गीत सार्वजनिक

वरिष्ठ कलाकारमदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यलाई हेर्न सकिन्छ । भिडियोको  सम्पादन र छायाँंकन अमर चित्रकारले गरेका छन भने निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको खाता कनेक्ट आईपीएसबाट पनि अनलाइन भेरिफाई गर्न सकिने

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने भएका छन् । यो सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन्। हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका लागि कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस …

पुरा पढ्नुहॊस »

जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु

मकवानपुर । जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ मा बेशीटोलकी ५० बर्षकी चन्द्रमाया प्रजाले जङ्गलबाट ल्याएको च्याउको तरकारी बनाएर खाएपछि सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । मगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो । बार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धत समेत व्यक्त गरेको छ । साथै आम जनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत …

पुरा पढ्नुहॊस »