काठमाडौँ। नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप जिल्ला तथा स्थानको नामावली आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो ।
पुरा पढ्नुहॊस »सिद्धार्थ इन्स्योरेन्सको प्रस्तावित १५.७८९४ प्रतिशत लाभांश पारित
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले १९ औं वार्षिक साधारण सभाले सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । भर्चुअल माध्यमबाट सम्पन्न सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका हुन्। आ.व. २०७६/७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ …
पुरा पढ्नुहॊस »उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायम
काठमाडौं ।काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो । भोलिबाट खाद्यान्न, तरकारी किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई बेलुका ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ।
पुरा पढ्नुहॊस »गएकाे २४ घन्टामा २ हजार ४०७ कोरोना संक्रमित थपिए, ४६ काे मृत्यु
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ४६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ४१२ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ३ हजार ९९४ कोरोना संक्रमणबाट मुक्त भएका छन् ।योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो ।
पुरा पढ्नुहॊस »भारतमा पछिल्ला २४ घण्टामा ८१ हजार संक्रमित, ३ हजार ३१० जनाको मृत्यु
काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा ३ हजार ३१० जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ८१ हजार ५ जना संक्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ४०७पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख ३९ हजार ९८९ पुगेको छ । कोरोनाको …
पुरा पढ्नुहॊस »गण्डकी प्रदेशका न्यायाधिवक्ता घिमिरेद्वारा राजीनामा
पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकीमा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तन भएपछि घिमिरेले राजीनामा दिएका हुन् । एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि विपक्षी गठबन्धनका तर्फबाट काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल शनिबार गण्डकीको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्य न्यायाधिवक्ता सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।
पुरा पढ्नुहॊस »घट्दै कोरोना ग्राफ २४ घण्टामा ३ हजार ७५० संक्रमित थपिए
काठमाडाै । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै गरि पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ३०५ जना पुगेको छ । त्यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार २२५कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पुरा पढ्नुहॊस »रामकृष्ण र मेलिनाको स्वरमा नयाँ गीत ‘सुनसरी इनरुवा’
काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द तथा संगीत रहेको छ भने युवराज वाइवाको निर्देशन रहेको भिडियोमा निलास पौडेलको छायाँकन, विकास दाहालको सम्पादन छ । यो भिडियोमागायक ढकाल र मोडल रिमा विश्वकर्मालाई हेर्न सकिन्छ ।
पुरा पढ्नुहॊस »इलाममा दाउ प्रहार गरी श्रीमतीको हत्या
इलाम । इलामको देउमाई नगरपालिका-४ चित्रेका ताकबहादुर तामाङले धारिलो हतियार (दाउ) प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तामाङले ४६ बर्षिया श्रीमती ताकमाया तामाङको हत्या गरेका हुन् । भोजपुरको ओख्रे घर भइ विगत एक बर्ष देखि इलाम बस्दै आएका ताकबहादुर तामाङले घरायसी विवादको कारण दाउले घाँटी काटी हत्या गरेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »