काठमाडाैँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।आज सुन तोलामा एक सयले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।आज चाँदी १२८५ मा …
पुरा पढ्नुहॊस »थप २ हजार ५६८ जनामा कोरोना संक्रमण,१८ जनाकाे मृत्यु
काठमाडाै । आइतबार नेपालमा थप २ हजार ५६८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ५६८जनामा संक्रमण पुष्टि भएको हो । आज थप १८ जनाको मृत्यु भएको छ भने २०२० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९४:०१ प्रतिशत रहेका छन । आज १२हजार ६३६नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »मनकामना स्मार्ट लघुवित्तको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
मनकामना स्मार्ट लघुवित्तको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सेले सोमबारदेखि कारोबार गर्न मिल्ने गरी कम्पनीको शेयर सूचीकृत गरेको हो। पहिलो कारोबारको लागि मनकामना स्मार्ट लघुवित्तले ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाको रेञ्ज पाएको छ। लघुवित्तले सर्वसाधारणमा जारी गरेको समेत गरी १२ लाख ११ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।
पुरा पढ्नुहॊस »आइतबार नेप्से परिसूचक १.२५ अङ्कले बढ्यो
काठमाण्डाै ।आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १.२५ अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से १.१५ अङ्कले घटेर ३ हजार ८१ दशमलव ०६ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव २४ अङ्कले बढेर ५७२ दशमलव १५ मा पुगेर रोकिएको छ । स्टकका अनुसार आज कुल २२६ कम्पनीका ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर १२ अर्ब १० करोड ३८ …
पुरा पढ्नुहॊस »नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलाम बिक्री गर्ने
नेशनल माइक्रोफाइनान्स लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न भएको छ । शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १७ गतेदेखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयरका लागि कुनै हद तोकिएको छैन।
पुरा पढ्नुहॊस »कर्णाली नदीमा डुंगा दुर्घटना ३ जना बेपत्ता
कैलाली। कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामी र उनको १० दिनको छोरा रहेका छन। दुर्घटनामा दुई जना घाइते भएका छन् । अन्य ५ जना सकुशल छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाे डुंगा दुर्घटनामा परेकाे हाे।
पुरा पढ्नुहॊस »होण्डा सिबी ३५० आरएस नेपाली बजारमा
काठमाडौँ । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले बहु प्रतिक्षित होण्डाको सिबी ३५० आरएस नेपाली बजारमा लन्च गरेको छ । नेपालमा होण्डा सिबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबी ३५० आरएसले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा कम्पनी विश्वस्त रहेकाे जनाएकाे छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० …
पुरा पढ्नुहॊस »कृषि कर्जालागि नबिल बैंक र डीभी एक्सिलसबीच सहकार्य
काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, मेसिनरी रसायन, तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय सहयोग प्रदान गर्न सहकार्य भएको छ । उक्त्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत खेती एपका माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ। खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि …
पुरा पढ्नुहॊस »सानिमा बैंकद्वारा बाल अस्पताल निर्माणका लागि रु. १ करोड सहयोग
सानिमा बैंकले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। सो समझदारीपत्रमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्पmबाट डा. भगवान कोइराला र बैंकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन्।
पुरा पढ्नुहॊस »शुक्रबार थप ३ हजार ६११ जनामा कोरोना संक्रमण,२७जनाको मृत्यु
काठमाडाै । शुक्रबार नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २७ जनाको मृत्यु भएको छ भने १८१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९४:०१ प्रतिशत रहेका छन । आज १४ हजार ६६१ नमुना परीक्षण गरिएको थियो ।
पुरा पढ्नुहॊस »