सिटिजन्स बैंक इन्टरनेशनलको नाफा ३३.४० प्रतिशतले बढयो

काठमाडाैं ।सिटिजन्स बैंक इन्टरनेशनलको  ३३.४० प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको नाफा बढेर १ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खूद नाफा १ अर्ब १९ करोडमा सीमित थियो ।

बैंकले समीक्षा अवधिमा १ खर्ब ४३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ५५.१३ प्रतिशत र कर्जातर्फ ५२.११ प्रतिशतले प्रगति भएको देखिएको छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १३ रुपैयाँ ८८ पैसा रहेको इपीएस बढेर समीक्षा अवधिसम्म १५ रुपैयाँ ३८ पैसा पुगेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस